विराटनगर, साउन ९
स्थानियतहमा शिक्षकको दरवन्दी मिलानका लागी सरकारले गठनगरेको कार्यदलले पहिलो पटक प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा आज छलफल गरेको छ ।
शिक्षक दरवन्दीका विषयमा गहन अध्यन र विश्लेषणका लागी विराटनगर आएको कार्यदलले सम्वन्धीत निकायहरुसँग छलफलगर्दै सल्लाह सुझाव समेत लिएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रदेश १ का समाजिक विकासमंत्री जिवन घिमिरेले शिक्षक दरवन्दी मिलानगर्ने नाममा अनावश्यक शिक्षक थपगर्ने पक्षमा मन्त्रालय नभएको बताए ।
उनले कतिपय विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षकको शख्या धेरै भएकाले त्यस्ता विद्यालयमा आवश्यकता अनुसार शिक्षक दरवन्दी मिलान हुने बताए ।
शिक्षा विभाग र क्षेत्रिय शिक्षा निर्देशनालय पुर्र्वाञ्चल धनकुटाको सहयोगमा भएको कार्यक्रम एकनम्वर प्रदेशका स्थानिय निकायका प्रमुख, शिक्षा क्षेत्रसंग आवद्ध विभिन्न संघसंस्थाका प्रतिनिधीको सहभागिता थियो ।
एक दिने छलफल कार्यक्रममा वोल्दै सहभागिहरुले शिक्षक दरवन्दि मिलानका लागी स्थानिय स्तरमा समिति वनाएर काम अघि वढाउनुपर्नेमा जोड दिए ।
अभिभावकसंघ एक नम्वर प्रदेश अध्यक्ष देवि पन्थी, पत्रकार मोहमद्ध सदरुलले मुलुक संघियतामा गइसकेको अवस्थामा प्रदेश स्तरमा कार्यदल गठन गर्नुपर्नेमा जोड दिए ।
शिक्षक संगठनका अध्यक्ष धर्मानन्द खरेलले शिक्षक दरवन्दि मिलानमा तदर्थवाद हावि भएको भन्दै शिक्षक व्यवस्थापनमा अन्यौलता भएको बताए ।
कार्यदका संयोजक एवम् शिक्षा मन्त्रालयका पुर्व सचिव महाश्रम शर्माले शिक्षक दरवन्दी मिलानलाई प्रभावकारी वनाउन कार्यदलले विराटनगरवाट सल्लाह सुझाल लिन शुुरु गरेको बताए ।
शिक्षक दरवन्दी मिलानका लागी नेपाल सरकार असार ४ गतेको मन्त्री परिषदको वैठकले गठन गरेको कार्यदलको ४५ दिन भित्रमा प्रतिवेदन वुझाउने जनाएको छ ।
कार्यदलमा ९ जना सदस्य रहेका छन । कार्यदलले मौजुदा दरवन्दीको वैज्ञानिक व्यवस्थापन, शिक्षक दरवन्दीको पुन वितरण तथा शिक्षाको गुणस्तर तथा सुधारमा जोड दिने जनाएको छ ।