विराटनगर, साउन १०
विराटनगरका मोडल साजिद आलम उत्कृष्ट युवाको रुपमा सम्मानित भएका छन । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्र्तगतको जिल्ला युवा परिषद मोरङले जिल्लाका युवा मध्यबाट उत्कृष्ट युवाका रुपमा आलमलाई सम्मानित गरेको हो ।
विराटनगरमा बिहीबार आयोजित एक कार्यक्रमका बीच जिल्ला युवा परिषद मोरङका अध्यक्ष रविन थापाले प्रमाणपत्रसहित आलमलाई सम्मान गरेका हुन् ।
जिल्ला युवा परिषद मोरङले हरेक वर्ष ३ जनालाई युवा परिषद सम्मानले सम्मानित गर्दे आएको छ । आलम म्यानहन्ट इन्टरनेशनल २०१८ मा सेकेन्ड रनरअप हुदै म्यानमारमा भएको मिस्टर इन्टरनेशनलमा सहभागी भएका थिए ।