एकीकृत समाजवादीले मन्त्रीको नाम पठाउन मापदण्ड बनाउँदै

२० असोज ७८, बुधबार
Share this
751shares

काठमाडाैं : विधि र पद्धतिको वकालत गर्दै आएको नेकपा (एकीकृत समाजवादी)ले चाँडै विस्तार हुने मन्त्रिपरिषद्‍मा कस्ता व्यक्तिलाई मन्त्री बनाउला भन्ने आमचासोको विषय बनेको छ।

Advertisement

नेकपा एमालेसँग विधि, प्रक्रियामा असहमति जनाउँदै अलग भएको नेकपा (एस)ले पार्टीले कस्ता व्यक्तिलाई मन्त्रिपरिषद्‌मा पठाउला भन्ने सबैको चासो रहेको छ। ढिलोमा आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलिरहेका बेला नेकपा (एस) सहभागी हुने व्यक्तिको मापदण्ड बनाउने तयारीमा जुटेको छ।

सो पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले मन्त्रिपरिषद्‌मा सहभागी हुनेको मापदण्ड बनाइने जानकारी दिए। उनले मापदण्डका बारेमा अहिलेसम्म छलफल नभएको र चाँडै नै मापदण्ड बनाइने बताए। उनका अनुसार ज्येष्ठता, योग्यता, समय सापेक्ष, भौगोलिक र समावेशीकरण जस्ता मापदण्डका आधारमा पार्टीले मन्त्रीहरूको नाम पठाउने बताए।, यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top