१३ औं महाधिवेशनमा पौडेललाई सभापतिमा छाडेँ, यसपटक कुनै हालतमा पछि हट्दिन स् प्रकाशमान सिंह

२० असोज, काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्व कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको बताएका छन्।

काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचायत्मक कार्यक्रममा बोल्दै सिंहले १३ औं महाधिवेशनपछि कमजोर हातमा नेतृत्व गएकोले कम्युनिस्टको मनोबल बढेको सिंहले बताएका हुन्।

Advertisement

’कांग्रेस कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको छ, पटक–पटक प्रतिनिधिसभा किन विघटन भयो?,’ सिंहले भने, ‘१३ औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो। परिणामस्वरूप कम्युनिस्टको मनोबल बढ्दै गएको छ। १४ औं महाधिवेशनबाट डाइनामिक सभापति रोज्नुको विकल्प छैन।’

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर विभागहरू गठन गरेको आरोप लगाउँदै उनले यस्तै अवस्था रहे केही समयपछि कांग्रेस कहाँ छ? भनेर खोज्नुपर्ने जिकिर गरे।

सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू वरिष्ठ रहेको बताउँदै उनले सभापति बन्न नहुने कारण देखाइदिन आग्रह गरेको उल्लेख गरेका छन्।

‘मैले शेरबहादुर दाइलाई भनिसकेको छु। पाँचपटक प्रधानमन्त्री भइसक्नु भएको छ, विभाजित कांग्रेस र अहिले गरी दुईपटक सभापति बनिसक्नुभएको छ। अब छोडि दिनुप¥यो।

रामचन्द्र दाइलाई पनि भनिसकेको छु,’ सिंहले भने,‘काठमाडौंको भएकै कारण सभापति बन्न नपाउने? गणेशमानको छोरा हुँदामै सभापति बन्न पाइँदैन? सभापति बन्न नहुने उहाँहरूले कारण देखाइ दिनु प¥यो। गणेशमानको परिवारले सँधै त्यागमात्र गर्नुपर्ने?’

१३ औं महाधिवेशनमा आफूले वरिष्ठ नेता पौडेललाई सभापतिमा छोडिदिएको जिकिर गर्दै उनले यसपटक कुनै हालतमा पछि नहट्ने उल्लेख गरेका छन्। राजनीतिमा ५० वर्षको आफ्नो अनुभवको माध्यमबाट कांग्रेसलाई सबल बनाउन चाहेका उनले बताए।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top