×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौंलाई हराउँदै भैरहवा ईपीएलको क्वालिफायरमा

२० आश्विन २०७८

२० असाेज, काठमाडौं।

भैरहवा ग्ल्याडियटर्सले एलिमिनेटर खेलमा काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्दै जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)को दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार भएको एलिमिनेटर खेलमा भैरहवाले काठमाडौंलाई हराउँदै लगातार चौथो पटक फाइनल नजिक पुगेको छ ।

Advertisement
Advertisement

टियु क्रिकेट मैदानमा भएकाे खेलमा जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनाउन सक्यो । काठमाडौंका असान प्रियंजनले ४८ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६८ रनको योगदान दिए । काठमाडौंलाई जितको लागि अन्तिम ६ बलमा २४ रन चाहिँएको थियो । तीव्र गतिका बलर अभिनाश बोहराले ७ रन खर्चिदै जित पक्का गराए ।

काठमाडौंलाई ओपनर राजु रिजाल र अशान प्रियंजनले ४.३ ओभरमा ३३ रनको सुरुवात दिलाएका थिए । स्पिनर कुशल मल्लको बलमा मिडअनमा भुवन कार्कीले राजुको उत्कृष्ट क्याच लिएपछि भैरहवाले पहिलो सफलता हात पारेको थियो । लगत्तै अर्को बलमा कुशलले काठमाडौंका प्रमुख ब्याटर रायन बर्ललाई शून्यमा कट बिहान्ड गराउँदा काठमाडौं समस्यामा परेको थियो ।

आरिफ शेखले दशौं ओभरको दोस्रो बलमा अमित श्रेष्ठलाई १९ रनमा बोल्ड आउट गरे । अमितले १५ बलमा २ चौका प्रहार गरे । सिंगापुरका जनक प्रकाशले १४ बलमा १ चौका र ३ छक्का सहित २८ रन बनाउँदै काठमाडौंलाई जितको आशा देखाएका थिए । तर आरिफ शेखको १४ औं ओभरको पहिलो बलमा जनकलाई शरदबाट क्याच भएपछि भैरहवा खेलमा फर्किएको थियो ।

प्रियंजनले राम्रो ब्याटिङका साथ काठमाडौंलाई जितको आशा देखाई रहेका थिए । तर १७ औं ओभरको चौथो बलमा तीव्र गतिका बलर धाम्मिका प्रसादले प्रियंजनलाई बोल्ड आउट गरेपछि काठमाडौंको जितको सम्भावना टाढिएको थियो । दीनेश अधिकारीसँग तालमेल गर्न नसक्दा सन्दीप लामिछानेले ६ रनमा रन आउट भएका थिए । दीनेश ९ बलमा ३ चौका सहित १५ रन बनाए । भैरहवा कुशल मल्लले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । आरिफ शेखले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । धाम्मिका प्रसादले २ र दुर्गेश गुप्ताले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । भैरहवा कप्तान शरद भेषावकरले २० बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । सन्दीप लामिछानेको अन्तिम ओभरको दोस्रो बलमा छक्का प्रहार गर्ने धुनमा डिप मिडविकेटमा अमर सिंह राउटेलाबाट क्याच आउट भएपछि शरद इपिएल इतिहासकै सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाउनबाट चुकेका थिए ।

तीव्र गतिका बलर जनक प्रकाशले चौथो ओभरको पहिलो बलमा ओपनर तमिम इकबाललाई अमित श्रेष्ठबाट ९ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि प्रदीप ऐरी र उपुल थरंगाले ४७ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए । युवा स्पिनर शेर मल्लले दशौं ओभरको अन्तिम बलमा प्रदीपलाई राजु रिजालबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । प्रदीपले २७ बलमा ६ चौका र १ छक्का सहित ३९ रन बनाए ।

थरंगालाई प्रियंजनले रायन बर्लबाट ३५ रनमा क्याच गराएका थिए । थरंगाले ३३ बलमा ५ चौका प्रहार गरे । युवा ब्याटर रोहित कुमार पौडेल १ रनमा क्याच आउट हुन पुगे । पाँचौं विकेटका लागि शरद र कुशलले ६१ रनको आक्रामक साभेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए । कुशल मल्ल २० बलमा ४ छक्का सहित ३२ रनमा क्याच आउट भए । आरिफ शेख ८ बलमा १ चौका र १ छक्का सहित १५ रनमा रन आउट भए ।

असान प्रियंजनले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १–१ विकेट लिए ।

Advertisement

फाइनल प्रवेशको लागि भैरहवाले बिहीबार दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग खेल्नेछ । चितवन टाइगर्सले पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरि सकेको छ । फाइनल शनिबार हुने छ । ईपीएलकाे विजेताले ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्नेछन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top