एमसीसीबारे यस अघि हामीले किन अध्ययन गरेनौँ ? : परराष्ट्रमन्त्री खड्का

२० असाेज, काठमाडाैँ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ ।  बुधबार सिंहदरवारमा बसेको समितिको बैठकमा परराष्ट्रमन्त्री खड्कालाई बोलाएर समितिले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको हो ।

समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री खड्काले एमसीसी, सीमा, बाँध, बीआरआई लगायतका सबै मुद्दाहरु सहमति र विश्वसनीयताका आधारमा मात्रै पास गर्नुपर्ने बतारे । उनले सहमति नभइ र राष्ट्रिय हीत बिपरित् मुद्दाहरु पेस गर्न नमिल्ने पनि उनले बताए । मन्त्री खड्काले राष्ट्रको हीत बिपरित् कुराहरु पास गर्नुनहुने भन्दै सम्झौता गरिएका मुद्दाहरु राष्ट्रिय हीतमा छन् वा छैनन् भन्ने कुरा अनुसन्धान गरेर मात्रै निर्णय लिनुपर्ने बताए । उनले सत्तामा एउटा र बाहिर हुँदा अर्को आवाज निकाल्ने हो भने परराष्ट्रहरुसँगको विश्वसनीयता हट्ने भन्दै सबै सम्झौताहरु गर्दा अध्ययन गरेर मात्रै सम्झौता गर्न सुझाव दिए।

परराष्ट्रमन्त्री खड्काले भने, ‘राष्ट्रिय हीत भनेको कुनै एउटा पार्टीको होइन, त्यसैले साझा सहमति हुन सक्यो भने मात्रै अहिले उठेका मुद्दाहरुलाई सम्बोधन गर्न सक्छौँ,होइन भनेदेखि खेल्छन् नै खेलिन्छन् नै,त्यसैले हामीले सबैभन्दा पहिलो कुरा नेशनल यूनिटी एप्रोज हुनुपर्यो, त्यो एप्रोज भएपछि मात्रै मोडल्ट ठूलो हुन्छ, मसँग परराष्ट्रमन्त्रीको पद त छ, कपडा लगाउन पनि सिकाएको छ, पदले मलाई टाइ र सूट पनि बाँध्न सिकाएको छ,तर मेरो नैतिक शक्ति भएन भने आत्मविश्वास हुँदैन, जहाँ नैतिक पावर हुँदैन त्यसले आत्मविश्वासलाई कमजोर बनाइदिन्छ, हामीले अहिलेका हाम्रा आउटस्ट्याण्डिङ इस्यूजहरु बाँकी मुद्दाहरु, सीमाका, बाँधका, एमसीसीका, बीआरआईका,यी सबै तमाम मुद्दाहरु हामीले सम्बोधन गर्न सक्नुपर्छ,त्यसैले मेरो सबैभन्दा पहिलो प्राथमिकता नै सहमति गर्ने हो, एमसीसी पनि सहमतिबाटै गर्ने हो, मैले भने हाम्रो हीतमा छ भने पास गर्ने हो, हीतमै छैन भने किन पास गर्ने ? तर हीतमा छ कि छैन भन्ने कुरा अनुसन्धान गरौँ, अनि समस्या विश्वसनीयताको छ, भदौ २९, २०७६ सालमा हामीले सही गरेर आएका छौँ एमसीसीको, त्यो सही के हो त, अर्थमन्त्रीबाट नेपालको तथा धेरै मुलुकको अर्थमन्त्रीले हस्ताक्षर गर्दै आउनुभएको छ,त्यसमा फेरि संयुक्त सरकार, खास गरी दुईवटा माओवादी र काँग्रेसको सरकार थियो, अब त्यसलाई हामीले पास गर्ने कि नगर्ने ?त्यो भन्दाअघि हामीले किन अध्ययन गरेनौँ ? बाबुरामजीदेखि अहिलेको प्रधानमन्त्री शेरबहादुर देउवासम्म आइपुग्यो ७ जना प्रधानमन्त्री इन्भल्व भइसक्नुभयो, अहिलेसम्म आइपुग्दा किन अध्ययन हुन सकेन ? होएर आर विइ ? कहाँ छौँ हामी ?हामीले सत्तामा हुँदा एउटा र बाहिर हुँदा अर्को आवाज गर्यौं भने विश्वसनीयता गुम्छ,अनि पत्याउँदैनन् हामीलाई, हामी कमजोर हुन्छौँ,हाम्रो हीतमा छैन भने भनौँ माई डियर अमेरिका फ्रेण्ड्स हामीले हाम्रो हीतमा पाएनौँ सरी, तर हामीले सही गरिसक्यौँ अब के गर्ने ।’

बैठकमा नवनियुक्त परराष्ट्रमन्त्री बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै अबको परराष्ट्रनीति कस्तो बनाउने भन्ने बारेमा छलफल गरेका थिए । मन्त्री खड्काले सांसदहरुको प्रश्नको जवाफमा अबको परराष्ट्रनीति नजिकका मित्र र अन्य परराष्ट्रहरुसँगको सम्बन्धलाई एकतावद्ध गरेर जानुपर्ने बताए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top