×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

विद्यार्थी संगठनको भूमिका के हो ? के भन्छन् अखिलका महिला नेतृहरु

२१ आश्विन २०७८

२१ असाेज, काठमाडाैँ ।
नेकपा(एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएकी छिन् । बिहीवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तह सम्मको शिक्षा जिवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्ने उनले बताइन् ।

स्थानीय तहहरुले आफ्नो तहको स्रोत र साधन प्रयोगगरी स्थानीय आवश्यकतालाई ध्यान दिई विषय बनाउनुपर्नेमा उनले जोड दिइन् । विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त बनाउँदै प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरिन् । उनले भनिन् – ‘अब हामीले हाम्रा नीतिहरुमा परिवर्तन गर्नुपर्छ । राष्ट्रिय शिक्षा नीति अनुसारका विश्वविद्यालयमा भएका कार्यक्रमहरु छन् । १२ कक्षा अध्ययन सकेर बाहिर आएको विद्यार्थी आफ्नो जीवन बाँच्न सक्ने विश्वासका साथ निस्किन्छ कि निस्किदैन हाम्रो सबैभन्दा ठुलो चुनौतीको विषय यो हो । आफ्नो स्थानीय तहको स्रोत, साधन झल्किनेगरी स्थानीय तहले शैक्षिक नीति निर्माण गर्नुपर्छ । शैक्षिक क्यालेन्डरलाई चुस्त दुरुस्त बनाउँदै विद्यालय शिक्षा जीवनोपयोगी शिक्षा र विश्वविद्यालय शिक्षा विज्ञ उत्पादन बनाउने शिक्षा बनाउनु चुनौती र आवश्यकता बनेको छ । शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्छ । विश्वविद्यालयहरुलाई प्रविधिमैत्री बनाउनुपर्छ ।’

Advertisement
Advertisement

विद्यार्थी संगठनहरुले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने
उनले विद्यार्थी संगठनहरुले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताइन् । समय फेरिएको उल्लेख गर्दै उनले परिवर्तित समयानुकुल संगठनले भुमिका र कार्यशैली बदल्नुपर्ने बताइन् । पछिल्ला दिनहरुमा राष्ट्रिय राजनीतिमा देखा परेका उतारचढावका कारण विद्यार्थी संगठनहरु ओझेल परेजस्तो देखिएको भन्दै उनले अब भने संगठनको कामलाई व्यवस्थित गरिने उनले बताइन् । उनले भनिन् – ‘पछिल्लो ४ वर्ष यताको राष्ट्रिय राजनीतिको अवस्था, कोभिडको समस्याको कारणले विद्यार्थी संगठनहरु कतै अल्मल्लिएकी भन्ने कुरा स्वभाविक छ । किनकी हामी आफैलाई चित्त बुझ्नेगरी भुमिका निर्वाह गर्न सकेका छैनौँ । तर अब विद्यार्थी संगठनको मुख्य कार्यक्षेत्र भनेको शैक्षिक संस्था, विद्यालय, विश्वविद्यालय नै हो । कहिकतैँ अल्मल्लिएजस्तो भएको हाम्रो सांगठनिक संरचना, जीवन र कामहरुलाई व्यवस्थित गर्दै अगाडी जानुपर्नेछ ।’

रचनात्मक र सिर्जनात्मक ढंगले शैक्षिक मुद्धामा केन्द्रीत हुने

यस्तै नेकपा(माओवादी केन्द्र) निकट अनेरास्ववियु(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले देशको मुख्य समस्या राजनीतिमा भएकाले विगतमा विद्यार्थी संगठनहरु राजनीतिक विषयमा केन्द्रीत हुनुपरेको उल्लेख गरिन् । तर आगामी दिनमा भने रचनात्मक र सिर्जनात्मक ढंगले शैक्षिक मुद्धामा केन्द्रीत हुने उनले बताइन् ।

उनले भनिन् – ‘विद्यार्थी आन्दोलन रचनात्मक र सिर्जनात्मक हुनुपर्ने । यो रचनात्मक र सिर्जनशील आन्दोलन पार्टीको एजेण्डामात्रै बोक्ने आन्दोलन जे बनेको छ । यो कुरा हामीले गम्भिर अनुभुति गरेका छौँ । विद्यार्थी आन्दोलनको रचनात्मक र सिर्जनात्मक पक्षलाई अब हामी बोकेर लैजान्छौँ । स्वभावैले पार्टीपनि संकटको अवस्थामा थियो । जटिल अवस्थामा हुँदा पार्टीलाई कहीँ न कहीँ बोक्नुपर्ने हुन्छ, त्यो बोक्यौ पनि तर आजका दिनमा परिस्थिति बदलिएको छ । हामी समाजसँग जोडिएर समाजका जल्दाबल्दा विषयहरुलाई हाम्रो सरोकारका विषय पनि बनाएर लैजान्छौँ र यसलाई रचनात्मक बनाउनेगरी बढी नै मेहनत गछौँ ।’

अध्यक्ष सिंहले आफ्नो संगठनलाई वैचारिक र राजनीतिक रुपले बलियो बनाउनका लागि पाठ्यक्रम नै बनाएर प्रशिक्षण दिने तयारी गरिरहेको बताइन् । उनले अखिल(क्रान्तिकारी)को विघटित पदाधिकारी, प्रदेश पदाधिकारी र विघटित आयोजक समितिसँगको छलफल र समन्वयमै केन्द्रीय कमिटीलाई पूर्णता दिने बताइन् ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top