×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

कांग्रेसमा इमान्दार र योग्य कार्यकर्तामाथि अन्याय

२१ आश्विन २०७८

२१ असाेज, काठमाडाैँ ।

नेपाली कांग्रेसका संस्थापक नेता बिपी हुदै पछिल्लो समय कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको निधनसँगै काँग्रेसमा सिद्धान्त बमोजिमको आचरण गर्ने नेतृत्व खड्किएको छ । पार्टीमा त्याग गरेका योग्य र क्षमतावान कार्यकर्ताहरु ओझेलमा छन् भने ठेक्का, पट्टा र व्यवसायीक पृष्ठभूमिका मानिसहरु नेतृत्वमाथि हाबी हुँदै गएको आम काँग्रेसीको बुझाई छ । अहिले त कांग्रेसमा कर्मचारी देखि शिक्षक, प्राध्यापकहरु समेत सरकारी दानापानी खाएर अधिवेशन प्रतिनिधी बन्दै खुल्ला राजनीति गरिरहेका छन् ।

Advertisement
Advertisement

काँग्रेसका संस्थापक बिपीले त्यो बेलामा भनेकाे कुरा कताकता आज पनि सान्दर्भमा मेल खाइरहेको छ । बिपीको दूरदर्शिताका बारेमा प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थले त्यो बेला बताउनुभएको कुराहरु सम्झँदै सुकिला–मुकिलाले काँग्रेसको नेतृत्व लिने र पार्टीका लागि मरिमेट्ने योद्धाहरु पछि पर्ने बताए । काँग्रेसमा अहिले देखिएको राजनीतिक अवस्थालाई नियाल्दा बिपीले त्यो बेलामा भनेका कुराहरु उनी सम्झिन्छन् । प्रजातन्त्रको रक्षाका लागि इमान्दार कार्यकर्ताहरुले सुकिला–मुकिलाहरुको विरुद्धमा आन्दोलनको झण्डा उठाएपछि मात्रै पार्टीका लागि आफ्नो जीवन सुम्पिएकाहरुले पार्टीमा स्थान पाउने कुरा बिपीले त्यही बेलामा गरेको कुरा कायस्थले यसरी सुनाए ।

बिपीले भनेका थिए, ‘भविष्यमा यो पार्टीमा सुकिला मुकिलाको हाबी हुनेछ, इमान्दार कार्यकर्ताहरु पनि छन्, तर भोलि त्यही पुराना इमान्दार समर्पित कार्यकर्ताहरुले तिनकाविरुद्धमा विद्रोह गर्नुपर्छ, अनि मात्र पार्टीलाई सही बाटोमा ल्याउन सकिन्छ ।’

काँग्रेसका संस्थापक बिपीले भनेकाे जस्तै नेपाली काँग्रेसका पूर्व सांसद लेखनाथ न्यौपाने पार्टीको अहिलेको अवस्था त्यो बिपीको वचनभन्दा फर देख्दैनन्। अहिले नेपाली काँग्रेसका नेतृत्व तहका नेताहरुले नै आफ्नो नैतिकता बेचिरहेको उनको बुझाइ छ । काँग्रेस, कम्युनिष्ट, राप्रपा जति पार्टी भएपनि इमान्दारितापूर्वक काम नगरेको गुनासो पोख्दै उनले अहिलेका नेतामा तैँले भन्दा धेरै पैसा मैले खर्च गर्नसक्छु भन्ने घमण्ड पालेको बताउँछन् ।

बिपीले भनेकाे कुरा पूर्व सांसद न्यौपानेले यसरी सम्झिए, ‘अहिले पार्टीका हरेक निकायमा सुकिला मुकिला नै हावी त छन् नी । अपवादलाई छोड्ने हो भने इमान्दार कार्यकर्ताले कही कतै स्थान पाएका छैनन् । पैसावालहरु हाबी हुदै गएकाले पार्टीमा नैतिकताको राजनीति कमजोर हँुदै गएको छ । यो प्रवृति रोक्न सकिएन भने काँग्रेस संकटमा पर्नेछ ।’

यति बेला काँग्रेस दुःख पाएका इमान्दार योग्य कार्यकर्तामाथि न्याय नभएको अवाज उठिरहेको छ । स्वार्थ समूह पार्टी र सरकारमा हाबी हुँदै गएपछि आम कार्यकर्ताहरुले सुकिला मुकिलाबाट अपमानीत महशुस भइरहेको बताइरहेका छन् । काँग्रेसमा अहिले पार्टीमा माफियाहरुले कब्जा गरेको भन्दै राजनीतिक विश्लेषक डा. विनोद भट्टराईले यसरी नेपाली काँग्रेसका संस्थापक नेता बिपी र उनको नेतृत्वमा स्थापना भएको नेपाली काँग्रेस पार्टीको अहिलेको अवस्थाको चर्चा गरे ।

बिपीलाई सम्झँदै राजनीतिक विश्लेषक भट्टराईले भन्छन्, ‘बिपीले सुकिला मुकिला भनेको भेष्टेड इन्ट्र«ष्ट विकास हुँदै जान्छन् । तिनीहरुले पार्टीका तलदेखि माथिका निकाय कब्जा गर्दै जान्छन् । जुन मैले तपाईलाई भने मठाधीस, माफिया, दुई नम्बरीहरुले पार्टीको संयन्त्रमा कब्जा गर्छन् । नेताहरुलाई नियन्त्रण गर्छन् । खरिद गर्छन् । आफ्नो स्वार्थ पूरा गर्नका लागि पार्टीलाई उपयोग गर्छन् । त्यसलाई रोक्नका लागि इमान्दार कार्यकर्ताहरु सचेत हुनुपर्छ भनेर बिपीले भन्नुभएको छ । हाम्रो पार्टीमा कहीँ कतै त्यस्तो प्रवृत्तिलाई रोक्न सकिएको छैन । अहिले पार्टीमा साठी÷सत्तरी प्रतिशत इमान्दार मानिस छन् तर तन्नम अवस्थामा छन् । आर्थिक रुपले जर्जर । तिनीहरु चुनाव लड्न सक्ने अवस्थामा छैनन् । चुनाव लड्नु प¥यो भने भएको घर खेत बेच्नु पर्ने अवस्थामा छन् । जसले दुःख गरे, जेल नेल खाए, पार्टीलाई यो अवस्थामा ल्याउन अत्यन्त दुःख गरे उनीहरु कमजोर छन् । तिनैले जित्छन् जो माफिया छन्, ठेकदार छन् । यो प्रवृत्ति रोकिएन भने दुर्भाग्यपपूर्ण अवस्था आउन सक्ने म देख्दै छु ।’

Advertisement

बिपीले भने जस्तै यो महाधिवेशनले पार्टी सुकिला मुकिलाको प्रभावबाट मुक्त हुन सक्छ की सक्दैन भन्ने हेर्न भने महाधिवेशनको परिणामसम्म कुर्नै पर्ने हुन्छ । तर प्रारम्भिक जिल्ला तहका वडादेखि नगरसम्मका परिणामले भने कांग्रेस नेतृत्वमा सुकिला मुकिलाहरुलाई नै अवसर र जिम्मेवारी पस्किएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top