१९ असोज, काठमाडौं ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रकोपको रुपमा झाडापखला फैलिएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आवश्यक औषधि तथा जनशक्ति पठाएको छ ।
महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलले कपिलवस्तु महामारीमा आवश्यक सामाग्रीसहित चिकित्सक टोली तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि बिहीबार बिहानै परिचालित गरिएको जानकारी दिए । ईपिडिमियोलोजिस्ट डा। शशी कँडेल, कौशलचन्द्र सुवेदी र विश्व स्वास्थ्य संगठनबाट डा। रविन गौतम प्रभावित स्थलमा गएका छन् ।
ईडिसिडीका अनुसार ५० हजार क्लोरिन ट्याबलेट कृष्णनगर र्पुयाइसकिएको छ । क्लोरिन पानी शुद्ध बनाउन प्रयोग गरिन्छ ।
असोज १८ देखि कृष्णनगर नगरपालिका वडा नं ३, ४,७,८,९ र १२ मा झाडापखाला तथा बान्ताका बिरामीहरु देखिएका छन् । उनीहरुको हाल शिवराज अस्पतालमा उपचार भइरहेको छ ।
बिहीबार बिहान ८ बजे सम्म ३७० जना बिरामी अस्पतालको सम्पर्कमा आए पनि साझा ५ बजे सम्म ४३० बिरामी पुगेका छन् । अन्य स्थानीय मेडिकल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचार गराएका र गराइरहेका बिरामीहरूको संख्या १ सय ५० नाघेको छ ।