×

NEPAL TIMES UPDATES

Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026

कांग्रेस प्रतिनिधिमण्डल र भाजपाका अध्यक्षबीच भेटवार्ता

२२ आश्विन २०७८

२२ असाेज, काठमाडौं ।

दिल्ली भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा)का नेताहरुसँग भेटवार्ता गरेको छ ।

Advertisement
Advertisement

सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताको टोलीले बिहीबार साँझ भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेका हुन्।

भेटमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा. आश्विन जोहर पनि सहभागी थिए । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा नेताहरु उदयशमशेर राणा र अजय चौरसिया बिहीबार बिहान दिल्ली गएका हुन् ।

कांग्रेस नेता राणाले भाजपा अध्यक्षसँगको भेट सौहार्दपूर्ण भएको र दुई पार्टीबीच सम्बन्ध सुधारका विषयमा केन्द्रित रहेको बताए । उनले भने, ‘कांग्रेस र भाजपाबीचको सम्बन्ध विस्तार गर्नेबारे हामीहरुबीच कुराकानी भयो,’ उनले दिल्लीबाट अनलाइनखबरसँग भने ।

भेटका क्रममा अध्यक्ष नड्डाले भारत र नेपालबीचको सदियौँ पुरानो सम्बन्धको प्रसङ्ग उल्लेख गर्दै भारतले नेपाललाई कहिल्यै पनि ठूलो दाजुको मानसिकताबाट नहेरेको र हेर्न नहुने स्पष्ट गर्नुभएको सहमहामन्त्री डा महतले जानकारी दिए।

उनले भारतीय जनता पार्टी तथा भारत सरकारले नेपाली नागरिकको भावनाको सदैव सम्मान गर्ने भन्दै दुवै देशका नागरिकको भावना बुझेर जनताजनताबीचको सम्बन्धलाई थप विकसित गर्ने पक्षमा भाजपा र नेपाली कांग्रेस लाग्नुपर्ने पनि बताएका थिए ।

भेटका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाजपा अध्यक्ष नड्डालाई दिनुभएको नेपाल भ्रमणको निमन्त्रणा आफूले हस्तान्तरण गरेको जानकारी पनि डा महतले दिए।

कांग्रेस नेताहरुले शुक्रबार भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेट्ने कार्यक्रम छ । शनिबार उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

Advertisement

यसअघि कांग्रेसको निमन्त्रणमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । उनी फर्किएलगत्तै कांग्रेसलाई भारत भ्रमणको निम्तो दिएका हुन् ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top