भारतविरुद्ध हामी बलियो चुनौती पेस गर्नेछाैँ : प्रशिक्षक अल्मुताइरी

२३ असोज, एजेन्सी ।
नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको खेलमा नेपालले बलियो चुनौती पेस गर्ने बताएका छन । शनिबार नेसनल स्टेडियमा आयोजित प्रि म्याच कन्फ्रेन्समा अल्मुताइरीले भारतविरुद्ध नेपालले आफ्नो शतप्रतिशत दिने दाबी गर्दै अहिले नै प्रतियोगितामा सबथोक भने प्राप्त भइनसकेको पनि बताए ।

नेपालले साफ च्याम्पियनसिप २०२१ मा आइतबार भारतको सामना गर्दैछ । आइतबारको पहिलो खेल आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सले श्रीलंकाको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल भने राति हुनेछ । नेपाल दुई खेलबाट छ अंकसहित शीर्ष स्थानमा छ र फाइनल प्रवेशका लागि बलियो प्रत्यासी बनेको छ ।

त्यस अगाडि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सबै नेपाली समर्थकलाई संयमित रहन अनुरोध समेत गरेका छन् । अल्मुताइरीले भने, ‘निश्चित रूपमा भारतविरुद्ध हामीले बलियो चुनौती पेस गर्नेछौं । यसमा कुनै शंका छैन । हामी भारतलाई सम्मान पनि गर्छौं । भारत बलियो टिम पनि हो । तर हामी भारतसँगै डराउँदैनौं पनि ।’

Advertisement

नेपाली टिमका कप्तान किरण लिम्बूले प्रत्येक नेपाली खेलाडीको सपना नै साफ च्याम्पियनसिप जित्नु रहेको बताउँदै त्यसलाई पूरा गर्न सबैले सक्दो मिहिनेत गरेर खेल्ने पनि बताए । उनले भने, ‘हामीले प्रत्येक पाइला निकै सोच विचार गरेर चालिरहेका छौं । हामीले दुई खेल जितिसक्यौं, अब हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण खेलका रूपमा भारतविरुद्धको प्रतिस्पर्धा रहेको छ ।’

भारतीय प्रशिक्षक इगोर स्टिमेकले भने नेपाल आफ्नो टिमका लागि परिचित प्रतिद्वन्द्वी रहेको बताउँदै आफ्नो लागि जितबाहेक विकल्प नरहेको बताएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top