च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् नि!

२३ असोज ७८, आइतबार

२४ असोज, काठमाडौं ।

हो, दसैँमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन। यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ। बजारमा रोज्जा च्याङ्ग्रालाई ४० हजार पर्छ। पसलबाट मासु किनेर खाँदा प्रतिकिलो दुई हजार।

अब आफैं भन्नुहोस्, आम मान्छेले कसरी खान सक्छन्, च्याङ्ग्राको मासु । यो त केबल हुनेखानेको भान्सामा मात्र पो पाक्ने भयो । के गरिब र श्रमजीवीले दसैँमा मिठोमसिनो खान नपाउनु ! यो प्रश्नले हर कोहीलाई बिझाएको हुनुपर्छ ।

हिमालपारिबाट भित्रने च्याङ्ग्राको भाउ बर्सेनि बढेकै हुन्छ। पछिल्ला चार वर्षमा च्याङ्ग्राको मूल्य दोब्बरले महँगिएको व्यापारी बताउँछन्। कोभिड–१९ का कारण तिब्बतबाट च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले मूल्य आकासिँदै गएको हो।

व्यापारी महेन्द्र केसीले मुस्ताङको जोमसोम पुगेर दसैँलाई च्याङ्ग्रा ल्याएको बताए। भाउ महँगिएका कारण पहिले झैँ धेरै च्याङ्ग्रा नल्याएको उनले सुनाए। सदरमुकाममा मासु पसलसमेत चलाउँदै आएका केसीले एककिलो च्याङ्ग्रोको मासुलाई १८०० मा बेच्दै आएका छन्।

उनका अनुसार कतिपय पसलेले दुई हजारसम्ममा बेच्ने गरेका छन् । यसरी च्याङ्ग्राको भाउ छोइनसक्नुभएका बेला यहाँका कुखुरापालक किसानले दसैँमा स्वादिष्ट लोकल कुखुरा उपलब्ध गराएका छन्। भाउ पनि च्याङ्ग्राभन्दा सस्तो छ ।

गलकोट नगरपालिका–६ मजुवाफाँटस्थित दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्मका सञ्चालक छुमबहादुर थापाले ३०० लोकल कुखुरा बेच्नका लागि ठिक्क भएको बताए। साकिने, घाँटीखुइले, उल्टेलगायत लोकल जातका कुखुरा फार्ममा छन् ।

‘एक किलोको ७५० मूल्य छ, चाडबाडमा कुखुराको बिक्री बढी हुन्छ’, उनले भने, ‘दसैँमा बोका, च्याङ्ग्रा किन्न नसक्नेलाई लोकल कुखरा नै ठिक छ।’ स्वादिष्ट र स्वस्थकर हुने हुँदा लोकल कुखुराप्रति उपभोक्ताको रुचि छ।

लोकल जातका कुखुराको व्यावसायिकपालन पनि बढ्दो छ। बागलुङ नगरपालिका–४ रातमाटाका अगुवा किसान वैकुण्ठ सापकोटाका अनुसार जिल्लाभर ५० भन्दाबढी किसान लोकल जातका कुखुरापालनमा संलग्न छन् । पहिले ब्रोइलर, कोइलर जस्ता उन्नत प्रजातिका कुखुराको बजार अत्यधिक थियो ।

‘दसैँमा च्याङ्ग्राको मासु महँगो भएर के भो र? लोकल कुखुरा, खसीबोका छँदै छन् नि!’, उनले भने, ‘ग्राहकलाई चाहिने जति कुखुरा दिन व्यवसायी तयार छन्।’ स्थानीय उत्पादनको प्रयोगले किसानलाई प्रोत्साहन मिल्नुका साथै आन्तरिक बजार चलायमान हुने उनको भनाइ छ।

उनले सञ्चालन गरेको सापकोटा कृषि फार्ममा अहिले ५०० लोकल कुखुरा छन्। फार्ममा साकिनी, गुजुमुजे, उल्टे र घाँटीखुइले जातका कुखुराको व्यावसायिकपालन हुँदै आएको छ।

कडकनाथ, बेन्टम, सिल्की र पोलिस जातको आयातित कुखुरा पनि पालिएको छ । यस्तै चरा प्रजातिका बट्टाइ र टर्की छन् । उपभोक्ताले इच्छाएको कुखुरा फार्मबाट किनेर लैजान सक्छन्। लोकल साकिने जातको भाले प्रतिकिलो ८०० मा बिक्री भइरहेको उनले बताए। आयातित कुखुराको भाउ भने चर्को छ।

लोकल जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँच÷छ महिनापछि मात्र बेच्न योग्य हुन्छ । खुला ठाउँमा चर्ने र गाउँकै दानापानी खाने भएकाले लोकल कुखुरा पौष्टिक र स्वादिष्ट हुन्छन्। ‘ब्रोइलर कुखुरालाई जस्तो नियमित भ्याक्सिन, औषधि दिनु पर्दैन’, उनले भने, ‘बारी र पाखामा छोडेर हुर्काउने गरिन्छ।’

रातमाटामा सापकोटासँगै भविन्द्र विक, विजय शर्मालगायत लोकल जातका कुखुरापालनमा लागेका छन्। चौध वर्षसम्म मलेसियामा श्रम–पसिना बगाएर फर्किएका विक र विदेश जाने चक्करमा पटकपटक हण्डर खाएका उनले लोकल कुखुरामा आफ्नो भविष्य देखेका छन्। रासस

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top