२६ असोज, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६० पीसीआर परीक्षण गर्दा ६९१ जना र २ हजार ५५९ एन्टिजेन परीक्षण गर्दा १०१ गरी ७९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने ९१० जना निको भएका छन् ।