मोबाइल फोन, ल्यापटप र कम्प्युटरमा कति हुन्छ सुन ?

३ कात्तिक ७८, बिहीबार

४ कात्तिक, काठमाडाैँ ।
हामीले दैनिक रुपमा प्रयोग गर्ने मोबाइल फोन तथा ल्यापटप, कम्प्युटरमा पनि सुन हुन्छ भन्नेकमैलाई मात्र थाह हुन्छ । यी उपकरणमा प्रयोग हुने विभिन्न चिपहरुमा सुनको प्रयोग गरिएको हुन्छ । प्राविधिक रुपमा काम गर्न योग्य हुदासम्म यसबाट लाभ लिन सकिने र बिग्रिएर पूरानो भएपछि पनि यिनका उपकरणहरुबाट लाभ लिन सकिन्छ । यस्ता उपकरणहरु कतिपय पुन प्रयोग हुन्छन् भने यस्ता उपकरणबाट ठूलो परिमाणमा सुन लगायतका धातु निकाल्न सकिने हुदा बेलायतको सिक्का निर्माता कम्पनी रोयल मिन्टले पुराना मोबाइल फोन र ल्यापटप, कम्प्युटरबाट सुन र अरू धातु निकाल्ने योजना सार्वजनिक गरेको छ ।

Advertisement

काम नलाग्ने पुराना विद्युतीय उपकरणहरूको झण्डै २० प्रतिशत भाग पुनः प्रयोग गर्न सकिने धातु रहने भएकाले त्यस्ता धातु निकाल्ने प्रविधिको योजना सार्वजनिक गरेको बीबीसीले जनाएको छ । यो प्रविधिले विश्वको सबैभन्दा ठूलो वातावरणीय चुनौतीमध्ये एकलाई समाधान गर्न सहयोग र्पुयाउने रोयल मिन्टका प्रमुख कार्यकारी एन जेस्सोपले बताएका छन् । रोयल मिन्टले क्यानडाको एक्सिर नामक नयाँ कम्पनीसँग पुराना विद्युतीय उपकरणको सर्किट बोर्डमा प्रयोग भएका ९९ प्रतिशतसम्म सुन निकाल्ने सहमतिमा हस्ताक्षर गरेको छ। सो प्रविधिमा प्रयोग हुने रसायनले बहुमूल्य धातुहरूलाई क्षणभरमै सर्किट बोर्डबाट निकाल्ने बताइएको छ।

अध्ययनकर्ताहरूले सन २०२१ मा फ्याँकिएका विद्युतीय फोहोर पाँच करोड ७० लाख टनभन्दा बढी भएको आकलन गरेका छन् ।रोयल मिन्टले यस विषयमा केही नगरिए सन् २०३० सम्म यस्तो फोहोर सात करोड ४० लाख टन पुग्ने बताएको छ। यो सङ्ख्या सन २०२० को आँकडाभन्दा झन्डै दोबर हो । ती उपकरणलाई पगालेर नभई सामान्य तापक्रममै बहुमूल्य धातु निकाल्ने योजना रोयल मिन्टको छ। परीक्षण प्रयोगमा ९९.९९ प्रतिशत शुद्ध सुन निकालिएको छ भने यो प्रविधि पूर्ण रूपमा विकास हुँदा त्यस्ता उपकरणबाट पलेडियम, चाँदी र तामा पनि छुट्टाउन सकिने बताइएको छ। जोस्सेपले विद्युतीय फोहोर कम गर्न, बहुमूल्य धातु संरक्षण गर्न र नयाँ सीपको विकास गर्न यो प्रविधिको ठूलो प्रभाव पर्न सक्ने बताएकी छन् । रोयल मिन्टका प्रमुख विकास अधिकृत सीन मिलार्डले यो प्रविधिको रसायनशास्त्रलाई “क्रान्तिकारी” बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top