×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

मलेसियाले छिटै विदेशी कामदार लैजाने, नेपाली पनि जान पाउने

१२ कार्तिक २०७८

१२ कार्तिक, दोहा ।

नेपाली श्रमिकको श्रम गन्तव्य रहेको मलेसियाले नयाँ विदेशी कामदार लिने भएको छ । कोरोना महामारीको कारण लामो समयदेखि बन्दका कारण कामदार अभाव भएपछि नयाँ कामदार लिन लागिएको हो।

मलेसियाका गृहमन्त्री दातोक श्री हमजाह जैनुद्दीनले पछिल्लो समय कोरोना महामारीले मलेसियाको प्लान्टेशन सेक्टरमा कामदारको अभाव भएको भन्दै अब विदेशी कामदार भर्ना गरिने बताएका छन् ।

नयाँ विदेशी कामदारले मलेसिया प्रवेश गर्दा अनिवार्य ७ दिन सरकारले तोकेको होटेल क्वारेन्टाइनमा बस्नुपर्ने छ। क्वारेनटाइनको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले बेहोर्ने जनाइएको छ ।

मलेसियाले नोभेम्बरबाट भने केही क्षेत्रमा विदेशी पर्यटकका लागि खुला गर्ने भएको छ । मलेसियाले कोरोना विरुद्धको खोप लगाएका र उच्च स्तरका पर्यटकको आवागमनलाई प्राथमिकता दिने भएको हो ।

मलेसिया सरकारको यो निर्णयसँगै लामो समयदेखि रोकिएको रोजगारी नेपाली कामदारका लागि पनि खुल्ला भएको छ । अब नेपालबाट पनि सहज रूपमा रोजगारीका लागि मलेसिया जान पाइनेछ। मलेसियाले विदेशी कामदार लिनेबारे त्यहाँ रहेको नेपाली दूतावासले भने कुनै सूचना जारी गरेको छैन।

कामदारको सेवा सुविधा नदिने रोजगारदाताको पहिचान गर्दै सोक्सो

मानव संसाधन मन्त्रालयले सामाजिक सुरक्षा सङ्गठन (सोक्सो)लाई कामदारहरूको सेवा सुविधा भुक्तानी नगर्ने रोजगारदाता कम्पनीहरूको अनुगमनलाई तीव्र पार्न निर्देशन दिएको छ ।

मानव संसाधन मन्त्री डाटुक सेरी एम सरावननले सोक्सोलाई छिट्टै समस्या समाधान गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् । अब सोक्सोले चाँडै कामदारप्रतिको दायित्वलाई बेवास्ता गर्ने रोजगारदाता कम्पनीहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।

सोक्सोको तत्थ्यांकको आधारमा २ हजार ५ सय भन्दा बढी रोजगारदाता कम्पनीहरूले कामदारले पाउने सेवा सुविधा उपलब्ध नगराएको आरोपमा अदालतमा मुद्दा दायर भएको मन्त्री सरावननलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम एनएसटीले जनाएको छ ।

मलेसियामा कामदारले एउटा निश्चित समयावधि भित्र रोजगारदाता कम्पनीमा रहेर सेवा गरेबापत रोजगारदाताले सामाजिक सुरक्षा अन्तर्गत कामदारलाई पेन्सन लगायतका सेवा उपलब्ध गराउनु पर्नेछ । त्यस्तै विदेशी कामदारको हकमा भने पेन्सन नभए पनि तोकिएको मापदण्ड अनुसार सेवा सुविधा उपलब्ध गराउनु पर्ने हुन्छ ।

के हो सोक्सो ?

समझदारी भएको सामाजिक सुरक्षा संस्था (सोक्सो) मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको संस्था हो । सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिकहरू भर्ना गर्दा यस सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान रहिआएकोमा सोक्सोद्वारा उपलब्ध गराइएको जानकारी अनुसार हालसम्म करिब ३ लाख नेपाली श्रमिकहरू यसमा आबद्ध भैसकेका छन् ।

यस संस्थामा आबद्ध हुनका निम्ति रोजगारदाताले श्रमिकको लागि उसले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिक रूपमा बुझाउनु पर्ने हुन्छ ।

विगतमा एफडब्लुसीएसमा आबद्ध भएका श्रमिकको हकमा ३१ डिसेम्बर २०१९ सम्मका लागि एफडब्लुसीएको म्याद समाप्त भएको अर्को दिन सोक्सोमा दर्ता गराउनुपर्ने नियम रहेको थियो ।

तर १ जनवरी २०२० पश्चात् भने सबै रोजगारदाता कम्पनीले अनिवार्य रूपमा यस संस्थामा आबद्ध गराउनुपर्ने व्यवस्था छ । यसै अनुसार हालसम्म ४ लाख भन्दा बढी रोजगारदाता र ७० लाख भन्दा बढी स्वदेशी तथा विदेशी श्रमिकहरू आबद्ध भइसकेका छन् । मलेसियाभर यस संस्थाका ५४ कार्यालयहरू रहेका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top