×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

अमेरिका र हङकङमा ५ वर्षदेखिका बालबालिकालाई फाइजर खोप लगाउने तयारी

१४ कार्तिक २०७८

१४ कार्तिक, काठमाडौं ।

अमेरिका र हङकङमा ५ वा त्यो भन्दा माथिको उमेरका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने तयारी थालिएको छ।

अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए)ले शुक्रबार कोरोनाविरुद्धको खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाउन आकस्मिक स्वीकृति प्रदान गरेको हो। यो कोरोनाको खोप यसअघि नै १२ वर्षदेखिका बालबालिकामा लगाउँदै आइएको छ।

यसअघि अमेरिकी सरकारको प्यानलले फाइजर खोप ५ वर्ष वा त्योभन्दा माथिल्लो उमेरका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको थियो। आउँदो हप्तादेखि खोप लगाउन थालिने जनाइएको छ।

एफडिएका विज्ञहरुले मंगलबार खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत दिएका थिए। त्यसपछि शुक्रबार एफडिएले खोपको आकस्मिक प्रयोगको स्वीकृति प्रदान गरेको हो।

यता, हङकङका कोरोना खोप अभियानका विशेषज्ञ इभान हङ फानगाईले अब छिटै नै फाइजरको खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति दिइने बताए।

फानगाईले शनिबार हङकङ प्रमुख क्यारी लामसँग भेटवार्ता गरेका छन्। भेटको क्रममा उनीहरुबीच बालबालिकालाई कोरोना खोप दिने विषयमा छलफल भएको जनाइएको छ।

गएको सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले आफ्नो परीक्षणमा फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिका लागि सुरक्षित र प्रभावकारी पाइएको उल्लेख गरेको थियो।

यो खोप वयस्क मानिसको तुलनामा बालबालिकालाई एक पटकमा एक तिहाइ डोज दिए पुग्छ। फानगाइका अनुसार शनिबार हुने बैठकमा तीन वर्षसम्मका बालबालिकालाई पनि कोरोना खोप दिने विषयमा पनि छलफल हुनेछ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top