१५ कात्तिक, काठमाडौं।
नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनिका खोप आइतबार नेपाल आइपुगेको छ । कतार एयरवेजको नियमित उडानबाट खोप काठमाडौं आईपुगेको स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताए ।
उक्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा रखिने उनले बताए । उनका अनससार खोपलाई केहीदिनपछि प्राथमिकताका आधारमा विभिन्न जिल्लामा पठाईने छ ।
यसअघि सार्क राष्ट्र भारत र भुटानबाट समेत कोभिड विरुद्धको खोप आईसकेको छ ।