१७ कात्तिक, काठमाडौं।
राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अध्यक्ष डा. पाठकले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअन्तर्गत मंगलबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
सोमबार बसेको बैंक सञ्चालक समितिकाे बैठकले पाठकलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका पाठकसँग राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सञ्चालकका रूपमा काम गरेको अनुभवसमेत छ ।