२१ कार्तिक, काठमाडौं ।
चिसोयाम शुरु भएसँगै विभिन्न्न रोगले सताउने गर्दछन् । चिसोयाममा धेरै व्यक्तिले खानपानमा ध्यान नदिएका कारण विभिन्न रोग लिएर अस्पताल जाने गर्दछन् ।
निमोनिया, ज्वरो, रुघाखोकी टन्सिल, दम, मुटुको समस्या, जोर्निको दुखाई, पिनास जस्ता रोगहरु चिसोयाममा समस्याको रुपमा देखिने जनरल फिजिसियन डा. लोचन कार्कीले बताए ।
खासगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, दीर्घरोगी र रोगप्रतिरोध क्षमता कम भएका व्यक्ति चिसोबाट बच्नुपर्ने बताए । कार्कीका अनुसार चिसोयाममा सताउने रोगहरु निम्न छन् ।