१ मंसिर, काठमाडौं ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार पाँच सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँ घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ ।