५ मंसिर, एजेन्सी ।
उत्तरी म्यासोडोनियाको राजधानी स्कोपजीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लगाइएको नयाँ प्रतिबन्ध र खोप अनिवार्य गरिएको विरोधमा सर्वसाधारणले प्रदर्शन गरेका छन् ।
हिजो साँझ हजारौंको संख्यामा मानिसहरु भेला भएर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरु राजधानी क्पोजीमा रहेको संसद भवन र सरकारी हेडक्वाटर अघि भेला भएर नयाँ प्रतिबन्धको विरोध गरेका हुन् ।
प्रदर्शनकारीहरुको मुख्य माग कोभिड-१९ विरुद्धका खोप अनिवार्य गरिनु नहुने रहेको छ । खोप लगाउने वा नलगाउने व्यक्तिको अधिकार भएको बताउँदै आफूहरुको व्यक्तिगत अधिकार हनन् गर्न नपाइने प्रदर्शनकारीहरुको भनाई छ ।
म्यासेडोनियामा ५८ प्रतिशत वयस्कले मात्रै कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । दुबै डोज खोप लगाउनेको संख्या केवल ४८ प्रतिशत रहेको छ ।
