११ मंसिर, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभर ६ हजार ६३२ नमुना परीक्षण गरिएकोमा २१३ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा ३१५ जना भने संक्रमणमुक्त भएका छन् । यससँगै संक्रिय संक्रमितको संख्या ७ हजार १५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ११ हजार ५२१ पुगेको छ ।