×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

१५ मंसिर २०७८

१५ मंसिर, काठमाडौं।
अर्थमन्त्री जनार्दन शर्माले मोबाइल फोन नेपालमै उत्पादन गर्न व्यवसायीहरुलाई आह्वान गरेका छन्।

आयातकर्ताहरुलाई सधैं बाहिरबाट ल्याएर बेच्नुको साटो उत्पादन प्लान्ट स्वदेशमै स्थापना गर्ने सम्भावनामा काम गर्न आग्रह गरेका हुन्। नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै उनले मोबाइल उत्पादन प्लान्ट स्थापना गर्न सरकार आवश्यक सहजीकरण गर्न तयार रहेको बताए।

‘सामसङ मोबाइल चलाउँदै हुनुहुन्थ्यो (दीपक मल्होत्रा)। मैले वहाँलाई सोधें यसको उत्पादन नेपालमै गर्नुपर्‍यो, सामसङलाई यहाँ ल्याउनुस् न त। के कर छुट चाहियो गरौं न। सम्भव छ यो कुरा?,’ शर्माले भने।

यस्तै, अर्थमन्त्री शर्माले अवैध मोबाइलको आयात नियन्त्रण गर्न बहुप्रतिक्षित मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) ले तत्काल लागू गर्न निर्देशन दिइसकेको बताएका छन्। नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले कोही कसैले भन्दैमा वा प्रभाव परेर एमडीएमएस कार्यान्वयन नरोकिने बताए।

‘एमडीएमएस तत्काल लागू हुन्छ। मैले यही कार्यक्रममार्फत् घोषणा गरें। अन्य निकायहरुमा जहाँ एमडीएमएस लागू गर्न कठिनाइ भइरहेको छ बरु त्यहाँ थप सक्रिय रुपमा छलफल गरेर समस्या भए समाधान गर्छु,’ मन्त्री शर्माले भने। यस्तै, विदेशबाट कतिवटासम्म मोबाइल ल्याउन दिने भन्ने बारेमा समस्या रहेको उनले बताए।

‘विदेश गएर ठूलो दुःख गरेर हाम्रो देश रेमिट्यान्सले चलिरहेको छ। तिनलाई एउटा मोबाइल ल्याउन नदिउँ अन्याय हुन्छ, दिनुपर्‍यो। एउटा ल्याउन दियो, त्यसको नाममा अरु थुप्रै आउँछ,’ शर्माले भने,‘न्यूनतम दिनुपर्ने व्यवस्था गरेर बीचमा अवैध धन्दा गर्न भने रोक्नुपर्ने छ।’

सञ्चार मन्त्रालय मातहतको नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि लागू गर्न खोजेको एमडीएमएस अझै पूर्ण रुपमा लागू हुन सकेको छैन। त्यसैगरी, अर्थमन्त्री शर्माले मोबाइल रिफर्बिसमा रहेको समस्या समाधान गर्न तयार रहेको बताएका छन्।

दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको एसेम्ब्ली तथा रिफर्बिस सम्बन्धमा गत साउन अन्तिम साता रेगुलेटरी फ्रेमवर्क सार्वजनिक गरेको थियो। मोबाइल सेटको एसेम्बलिङ गर्न उद्योगजन्य व्यवसायमार्फत् रोजगारी सिर्जना गर्न सहयोग पुग्ने उद्देश्यले प्राधिकरणले उक्त फ्रेमर्वक तयार पारेको छ।

प्राधिकरणका अनुसार उपयोगी डिभाइसहरुको आयु क्रमिक रूपमा बढाउने, विद्युतीय फोहोर उत्सर्जन घटाउने, डिभाइसको आयात निरुत्साहित गर्नेदेखि रोजगारी सिर्जना गर्न फ्रेमवर्क उपयोगी हुने जनाएको छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top