१८ मंसिर, बान्जुल ।
अफ्रिकी राष्ट्र गाम्बियामा पहिलो राष्ट्रपति निर्वाचनका लागि गाम्बियालीहरुले शनिबार मतदान गर्न शुरु गरेका छन्। पूर्व तानाशाह याह्या जाम्मेह निर्वासनमा भागेपछि यहाँ राष्ट्रपतिको लागि निर्वाचन शुरु भएको छ ।
यस मतदानलाई गाम्बियामा प्रजातान्त्रिक परीक्षणको रुपमा नजिकबाट हेरिनेछ। यहाँ जाम्मेहले १९९४ मा रक्तहीन‘कू’ द्वारा सत्ता कब्जा गरेपछि २२ वर्ष शासन गरेका थिए। पूर्व तानाशाह जाम्मेह जनवरी २०१७ मा इक्वेटोरियल गिनीमा निर्वासनमा जान बाध्य पारिएको थियो ।
जाम्मेह तत्कालीन आफन्त व्यारो आदामाले मतदानमा पराजित गरेका थिए । ५६ वर्षीय राष्ट्रपति ब्यारो अहिले पुनः चुनावको लडिरहेका छन्। उनीसँगै पाँच अन्य उम्मेद्वारहरुले पनि चुनावको सामना गर्दै छन्। मतदान स्थानीय समयानुसार बिहान ८ बजे शुरु भएको जनाइएको छ ।
राजधानी बाञ्जुलमा रहेका मतादान केन्द्रहरुका बिहानैदेखि लामो लाइनहरु रहेका जनाइएको छ। बाञ्जुल छेउछाउको बजारमा करिब ५०० जना मानिस घण्टौं पर्खाइमा लाइनमा बसेका जनाइएको छ ।
रासस/एएफपी
