५ पौष, एजेन्सी । अमेरिकाका विशेषज्ञले क्रिसमसका समयमा हुने यात्रा र भीडभाडले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन थप फैलने बताएका छन् ।
कोरोनाविरुद्धको खोपका बाबजुद पनि भेरियन्ट फैलिने जोखिम उच्च रहेको उनीहरुले चेतावनी दिएका छन् । खोप लगाएकाहरुमा पनि सङ्क्रमणको जोखिम रहेको उनीहरुले बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
’ओमिक्रोन थप फैलनेमा कुनै आशङ्का छैन’ अमेरिकी विशेषज्ञ डाक्टर एन्टोनी फौसीले भनेका छन् ।
उनले यो भेरियन्ट विश्वमा नै फैलँदै गएको भन्दै महामारी रोकथामका प्रभावकारी कार्यक्रम ल्याउनुपर्नेमा अमेरिकी सरकारलाई सुझाव समेत दिएका छन् । ओमिक्रोन भेरियन्ट अहिले विशेषगरी अफ्रिका र युरोपमा फैलिरहेको छ ।
जोखिम बढेपछि फ्रान्स र जर्मनीले यात्रामा प्रतिबन्ध लगाएका छन् भने नेदरल्यान्ड्सले क्रिसमससम्म लकडाउनलाई कडा पारेको छ ।
