×

NEPAL TIMES UPDATES

Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026

मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना, मापदण्ड पालना नगर्ने सवारीलाई पनि कारबाही

६ माघ, काठमाडौँ । कोरोना महामारीको तेस्रो लहरको रोकथामका लागि भन्दै काठमाडौँमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न थालेको छ ।

आकस्मिक अनुगमन गरी मास्क नलगाउनेलाई जरिबाना तिराउन थालिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए ।

उनकाअनुसार मास्कसहित जनस्वास्थ्यका मापदण्ड पालना भए÷नभएको बारे टोली नै बनाएर निगरानी थालिएको हो । हिजो कलङ्की, कालीमाटी, सुन्धारा, बालाजु, माछापोखरी, नयाँ बसपार्क लगायतका क्षेत्रमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा कोरोना र स्वास्थ्यका मापदण्ड पालनाबारे जानकारी पनि गराइएको छ । यस्तै, मास्क नलगाइ किनमेल गर्ने र सार्वजनिक गाडीमा ओहोरदोहोर गर्नेेहरुलाई एक सय रुपैयाँ जरिबाना पनि तिराइएको उनले बताए ।

सङ्क्रामक रोग ऐनमा माहामारी रोकथाम गर्न दिइएको आदेशको अवज्ञा गर्नेलाई कारबाही हुने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार कारबाही थालिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । कार्यालयले बजार पसलमा भिड नगर्न, सार्वजनिक गाडी र ठाउँमा यात्रा गर्दा मास्क अनिवार्य लगाउन आग्रह गरेको छ ।

यस्तै, अहिले कोरोना विरुद्धको खोप लगाउने खोप केन्द्रमा देखिएको भिड नियन्त्रणका लागि पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले तयारी थालेको छ ।

खोप केन्द्रलाई व्यवस्थित गर्न खुला ठाउँमा खोप दिनेबारे छलफल भइरहेको र छिट्टै टुङ्गोमा पुगिने सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले बताए । यसैबीच, सरकारले सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने मापदण्ड लागू गरे पनि त्यसको पालना भएको छैन ।

सार्वजनिक गाडीमा अहिले पनि भिड उत्तिकै छ भने कतिपय यात्रु र गाडीका चालक सहचालकसमेतले मास्क लगाउने गरेका छैनन् । तर, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले भने मापदण्ड पालना नगर्ने गाडीलाई कारबाही थालेको दाबी गर्छन् ।

उनले सिट क्षमताभन्दा बढी यात्रु चढाउने र स्यानिटाइजर नराख्ने सार्वजनिक गाडीका बारेमा ट्राफिक प्रहरीको टोल फ्रि नम्बर १०३ मा सम्पर्क गरी सूचना दिन पनि आग्रह गरेका छन् । त्यस्ता गाडीलाई पाँच सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिबाना हुनेछ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top