×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ढुक्क हुनोस्, जनताको भावना विपरित एमसिसी पास हुन दिन्नौंः अर्थमन्त्री

१२ फाल्गुन २०७८

१२ फागुन, काठमाडौँ । अर्थ मन्त्रालय मातहत रहेको एमसिसी परियोजनाबारे संसदमा छलफल हापेर अर्थमन्त्री नै अन्यत्र हिड्नु गलत भएको भन्दै जनार्दन शर्माको आलोचना भइरहेको छ। संसद बैठक चलिञ्जेल शर्मा पर्वतमै रहने माओवादीका स्थानीय कार्यकर्ताहरुले बताएका छन्।

‘अर्थमन्त्रीज्यूको एक महिना अघि ठोस भएको कार्यक्रममा भाग लिन आउनुभएको हो, संसद छल्नुभएको होइन,’ गिरीले भने, ‘यहाँ आएको बेला समयको सदुपयोग गरौं भनेर पर्यटकीय सम्भावनाको अवलोकन गर्नुभयो।’

Advertisement
Advertisement

अर्थमन्त्री शर्माले भने एमसिसी संसदीय प्रक्रियामा प्रवेश गरेकाले प्रक्रियाबाटै टुंगो लाग्ने बताएका छन्। माओवादी कुश्माका अध्यक्ष गिरीले कार्यकर्ता भेटघाटमा शर्माले उक्त कुरा बताएको जानकारी दिए।

माओवादी पर्वतका जिल्ला संयोजक सुदीप कुँवरका अनुसार अर्थमन्त्री शर्माले एमसिसी संसदबाट पास हुन नसक्ने बताएका छन्। कार्यकर्ता भेटघाटमा शर्माले अहिलेको स्थितिमा एमसिसी पारित हुन नसक्ने बताए।

‘संसदबाट एमसिसी पारित हुँदैन,’ शर्माको भनाई उदृत गर्दै कुँवरले भने, ‘तपाईँहरू ढुक्क हुनुस्, जनताको भावना विपरित एमसिसी पास हुन दिन्नौं।’

अर्थमन्त्री शर्माको यस्तो गतिविविधि गैरराजनीतिक भएको कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले प्रतिक्रिया दिए।

एमसिसी सदनमा छलफल गरेर पारित गर्नुपर्नेमा संवन्धित मन्त्री नै संसद छलेर हिँड्नु गलत प्रवृत्ती भएको उनले बताए।

‘सत्तामा एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्ने त उहाँहरुको प्रवृत्ती नै हो,’ सभापति शर्माले भने, ‘राजनीति हिजो पनि थियो, भोलि पनि रहन्छ, जनतालाई सधैं भ्रममा राख्न सकिँदैन भनेर उहाँहरुले बुझ्नुपर्छ।’

एमसिसी संसदमा टेबल गर्ने बेला अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बिरामी परे। बिरामी भएकै कारण गत आइतबार शर्मा संसदमा उपस्थित भएनन्। संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी संसदमा पेश गरे।

Advertisement

संसदको बिहिबार बस्ने बैठकमा अर्थमन्त्री शर्माले एमसिसी छलफलका लागि पेश गर्ने कार्यसुची संसद सचिवालयले प्रकाशन गरेको थियो। तर बिहिबार पनि उनी संसदमा नआउने भएका छन्। संसद छल्नकै लागि अर्थमन्त्री शर्मा पर्वत पुगेका छन्।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top