×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

आज विश्व मिर्गौला दिवसः स्वस्थ खानपान र नियमित जाँच गरे मिर्गौला रोगबाट बच्न सकिन्छ

२६ फाल्गुन २०७८

२६ फागुन, काठमाडौँ । आज विश्व मिर्गौला दिवस हो । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदै छ ।

कार्यक्रममा अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन् भन्ने सन्देश दिइने छ ।

दिवसका अवसरमा अहिले काठमाण्डौको शान्तिबाटिकाबाट मिर्गौला पदयात्रा निस्किएको छ । पदयात्रा दशरथ रङ्गशालासम्म पुगेर अंग प्रत्यारोपण गरिएका व्यक्ति, अंगदाता, डाक्टर, कलाकार, पत्रकार, समाजसेवीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने छ ।

सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो ।

नेपालमा हरेक दिन मिर्गौला रोगका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैली तथा नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मिर्गौला रोगका बिरामी थपिँदै गएका डाक्टरले बताएका छन् ।

मिर्गौला रोग लाग्न नदिन बेलाबेलामा परीक्षण गर्नुपर्ने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । कम्तीमा वर्षमा एक पटक पिसाबको परीक्षण गर्दा मिर्गौलाको अवस्थाबारे थाहा हुने उनको भनाइ छ ।

स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र उपचारमा जाने प्रवत्ति रहेकाले पनि समस्या बढ्दै गएको डाक्टर श्रेष्ठले बताए ।

नेपालमा हरेक वर्ष ३ हजार पाँच सय जनाको मिर्गौलामा खराबी आउने गरेको तथ्याङ्क छ । नेपालको कुल जनसङ्ख्यामध्ये १० प्रतिशतमा कुनै न कुनै रुपमा मिर्गौला रोग लाग्ने गरेको पाइएको छ ।

खानपान, जीवनशैली, उच्च रक्तचाप, मधुमेहलगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मिर्गौला रोगी बढेको डा. श्रेष्ठले बताए ।

बिहान उठ्ने बित्तिकै पानी पिउन, हिँडडुल गर्न, बेलैमा सुत्न र उठ्न, धेरै गुलियो तथा चिल्लो नखान, उचाई अनुसार तौल व्यवस्थापन गर्न पनि डाक्टरको सुझाव छ ।

सरकारले मिर्गौला रोग लागेका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, आवश्यक उपचार तथा औषधिका लागि एक लाख रुपैयाँ सहयोग गर्दै आइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले मिर्गौलाको उपचार र डायलाइसिसका लागि ७० वटा अस्पताललाई सूचीकृत गरेको छ । मिर्गौला खराब भएपछि हप्तामा दुईदेखि तीन पटक नियमित डायलाइसिस गरी रगत सफा गर्नुपर्ने वा आफन्तको मिर्गौला प्रत्यारोपण गनुपर्ने हुन्छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top