×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जुनियरलाई एआईजी बढुवाका लागि सिफारिस गरेको भन्दै उजुरी

६ चैत्र २०७८

६ चैत्र, विराटनगर ।
नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ।

बढुवाउपरको उजुरी सुन्ने समितिमा आइतबार ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आईजीपी शैलेश थापाको ब्याचका डीआईजीहरुले उजुरी दिएका हुन्।
लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा हुने उजुरी सुनुवाइ समितिमा मुख्य सचिव र कानुन मन्त्रालयका सचिव सदस्य रहन्छन्।

Advertisement
Advertisement

समितिले उजुरी प्राप्त भएपछि उजुरी गर्ने म्याद सकिएको भोलिपल्ट बढुवा समितिको राय प्रतिक्रिया र उजुरीसँग सम्बन्धित कागजात पठाउन बढुवा समितिको सचिवालयमा पठाउने छ।

गृहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा रहेको एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल सदस्य र आईजीपी शैलेश थापा क्षेत्री सदस्य सचिव छन्। समितिले तीन दिनभित्रमा आफ्नो राय प्रतिक्रियासहित उजुरीसँग सम्बन्धित कागजात उजुरी सुन्ने समितिमा पठाउनुपर्नेछ।

वरीयतामा आफूभन्दा पछाडि रहेका डीआईजीहरुलाई एआईजी बढुवाका लागि सिफारिस गरेको भन्दै उनीहरुले उजुरी गरेका हुन्। एकसाथ डीआईजी भएका १० जनामध्ये सरकारले तेस्रो वरीयताका वसन्तकुमार पन्त, छैटौं वरीयताका धिरजप्रताप सिंह र आठौं वरीयताका रवीन्द्रबहादुर धानुकलाई एआईजी बढुवाका लागि सिफारिस गरेको छ।

Advertisement
Advertisement

यीमध्ये पन्त मात्रै आईजीपी थापाका ब्याची हुन्। तर त्यसपछिको ब्याचका सहकुल थापा र विश्वराज पोख्रेल भने यसअघि नै एआईजी भइसकेका छन्। सिफारिस भएका डीआईजीहरुलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषदबाट भइसकेको छैन। उजुरी परेसँगै अब यसको छानबिनपछि मात्रै निर्णय हुनेछ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top