×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

आज अन्तर्राष्ट्रिय खुसी दिवस

६ चैत्र २०७८

६ चैत, काठमाडौँ । आज अन्तर्राष्ट्रिय खुसी दिवस । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् २०१३ देखि हरेक मार्च २० तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।

खुसीको महत्त्वलाई पहिचान गर्नका लागि दिवस मनाउन थालिएको हो । सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घले १७ वटा दिगो विकास लक्ष्य घोषणा गरेर गरिबी अन्त्य गर्न, असमानता घटाउन तथा पृथ्वीको रक्षा गर्न प्रयत्न गरेको थियो । यी तीनै प्रयासले नै संसारमा खुसी छाउने संयुक्त राष्ट्र सङ्घको विश्वास छ ।

Advertisement
Advertisement

राष्ट्र सङ्घको दिगो विकास समाधान नेटवर्कले अस्ति सार्वजनिक गरेको विश्व खुसी प्रतिवेदनले दक्षिण एसियाली देशमा नेपाल सबैभन्दा खुसी देश भएको देखाएको छ । प्रतिवेदनका अनुसार यो वर्ष नेपाल ५ दशमलव ३७७ अङ्कसहित सूचीको ८४औँ स्थानमा छ ।

यो गएको वर्षको तुलनामा ३ स्थान माथि हो । गएको वर्ष ५ दशमलव २६९ अङ्कसहित नेपाल सूचीको ८७औँ स्थानमा थियो । प्रतिवेदन अनुसार दक्षिण एसियामा नेपालपछि खुसी हुने देशमा बङ्ग्लादेश परेको छ ।

सामूहिकतामा विश्वास गर्ने समाज, दुःखसुखमा एकअर्कालाई साथ दिने परम्परा, बाँडीचुँडी खाने प्रवृत्तिलगायत सांस्कृतिक परम्परागत पक्षले नेपालीहरु खुसी रहेका देखिएको हुनसक्ने समाजशास्त्री निर्मल गौतमले बताउनुभयो ।

सूचीअनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश हो । फिनल्यान्ड लगातार ५ वर्षदेखि सूचीको शीर्षस्थानमा रहँदै आएको छ ।

यस्तै, डेनमार्क दोस्रो, आइसल्यान्ड तेस्रो, स्वीट्जरल्यान्ड चौथो र नेदरल्यान्ड्स पाँचौँ स्थानमा रहेका छन् । प्राविधिक कारण भुटान भने सूचीमा समेटिएको छैन ।

प्रतिव्यक्ति आम्दानी, वास्तविक जीडीपी, स्वस्थ औसत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचार सूचकलगायतलाई विश्व खुसी प्रतिवेदनले आधार मान्ने गरेको छ।

Advertisement
Advertisement

सार्वजनिक प्रतिवेदनमा एक सय ४६ देशलाई समेटिएको छ । अघिल्लो वर्ष एक सय ४९ देशलाई समेटिएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top