सुनसरीमा छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु

६ चैत, सुनसरी । सुनसरीको ईटहरी उपमहानगर–५ शान्ति टोल स्थितमा सुकुमारी खोलाको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका ६८ बर्षीय नेत्र भण्डारी रहेका छन ।

हिजो बिहान पौने ८ बजे स्थानियले भण्डारीलाई डुबिरहेको अवस्थामा फेला परेपछि घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै, सुनसरीको बर्जु गाँउपालिका– ६ स्थित थलाह खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु–१ का लक्ष्मण रिषीदेवका १३ बर्षीय छोरा निशान रिषीदेव रहेका छन् ।

हिजो दिउसो साढे १ बजे सोही खोलामा नुहाउने क्रममा स्थानीयले डुबिरहेको अवस्थामा फेला पारेपछि प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Scroll to Top