×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

घोराही–तुलसीपुर चारलेन सडकका मजदुरले दुई वर्ष बितिसक्दा पनि पाएनन् ज्याला

८ चैत्र २०७८

८ चैत, दाङ । घोराही–तुलसीपुर चारलेन सडकका मजदुरले दुई वर्ष बितिसक्दा पनि काम गरेको ज्याला पाएनन् ।

घोराही–तुलसीपुरको २८ किलोमिटर चार लेन सडकको कपेटी ठेक्का लिएको अष्ट भैरव निर्माण सेवा कम्पनीमा काम गरेका ३ सय बढी मजदुरले दुई वर्षदेखि ज्याला नपाएको गुनासो गरेका छन् ।

Advertisement
Advertisement

तुलसीपुर–१८ का एक मजदुर तकमान घर्तीले ठेकेदार सम्पर्कविहीन भएपछि आफूले कामवापत पाउनुपर्ने ज्याला अहिलेसम्म नपाएको बताए ।

दुई वर्षयता उनीहरू ठेकेदार खोज्दै प्रहरी–प्रशासन धाइरहेका छन् । ‘गर्मी, धुलो केही नभनेर काम गरियो’ उनले भने, ‘ठेकेदारले पैसा दिन्छु भन्दै झुलायो । दूई वर्ष भइसक्यो, एक पैसा पाएको होइन ।’ उनले ०७६ सालको पुसदेखि फागुनसम्म काम गरेवापत ४३ हजार ज्याला पाउन बाँकी रहेको बताए ।

अष्ट भैरव निर्माण सेवा कम्पनीमा चार लेन सडक निर्माणको काम गरेका ३०० बढी मजदुरले २४ हजारदेखि ४५ हजारसम्म ज्याला पाउन बाँकी रहेका बताएका छन् ।

दुई वर्षदेखि ठेकेदार सम्पर्कविहीन हुने र पटक–पटक झुलाउँदै आएको पीडित श्रमिकले बताए । ज्याला नपाएको गुनासो लिएर प्रहरी पुग्दा पनि सुनुवाई नभएको उनीहरूले बताए ।

गुनासो सुनुवाई नभएपछि २८ बढी मजदुरले सामूहिक रुपमा ठेकेदार अनुप पाण्डेविरुद्ध प्रहरीमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । आफूले काम गरेवाफतको ज्याला पाउनुपर्ने मजदुहरू बताउँछन् ।

यसअघि, चार लेन सडक निर्माणको जिम्मा लिएको अष्ट भैरव निर्माण कम्पनीका पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गरी विभिन्न संघसंस्था र कम्पनी गरी १७ वटा ठगीको उजुरी परेको छ ।

घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पाण्डे ११ दिनअघि प्रक्राउ परी हाल प्रहरी हिरासतमा छन् ।

चार लेन सडक निर्माण गर्नक्रममा आफ्नो सवारी साधन प्रयोग गरी भाडावापतको रकम एक करोड ४४ लाख १७ हजार ७७६ रुपैयाँ नदिएपछि व्यवसायी बस्नेतले पाण्डेविरुद्ध उजुरी दिएका थिए ।

Advertisement

पक्राउ परेका पाण्डे तुलसीपुर मेयर एवम् नेकपा एमालेका नेता घनश्याम पाण्डेका छोरा हुन् ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top