आज गणेश चौथी, के छ महत्व ?

७ चैत ७८, मंगलबार

८ चैत्र, विराटनगर ।
आज गणेश चौथी । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले आजका दिन विशेष गरेर भगवान श्री गणेशको पूजा आराधना गरी मनाउने प्रचलन छ ।

भगवान गणेशको जन्मदिन चतुर्थी पर्ने भएकोले आजको दिनमा गणेशको पूजा गरेर मंगल चौथी मनाउने परम्परा रहेको छ । नेपालमा पनि विभिन्न गणेश मन्दिरहरुमा आज मेला लाग्ने गर्दछ ।  काठमाडौंको कमलादीस्थित गणेशस्थानमा पनि विशेष पूजा आराधना गर्ने भक्तजनहरुको भीड लागेको छ ।

मङ्गलवार भगवान गणेशको व्रत बस्ने व्रतालुहरुले आज सबैभन्दा शुभ दिन मानेर व्रत प्रारम्भ गर्ने गर्दछन् भने कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नुअघि हिन्दु धर्म संस्कारमा भगवान श्री गणेशको आराधना र स्मरण गर्ने प्रचलन रहेको छ ।

Advertisement

भगवान श्री गणेशलाई मङ्गलकारक देवता मानिन्छ । गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन् । आजको दिन श्रद्धापूर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान प्रशन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता रहेको छ ।

भगवान गणेशको जन्म भाद्र शुक्ल चतुर्थीका दिन भएको थियो । त्यसैले वर्षमा मंगलवार पर्ने चतुर्थी तिथीलाई गणेश चौथीको रुपमा पूजा आराधना गर्ने वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको परम्परा रही आएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top