×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

रुपन्देहीका ६३ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

२९ चैत्र २०७८

२९ चैत, रुपन्देही । रुपन्देहीका ६३ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलका अनुसार भारतसँग सीमा जोडिएका, भौगोलिक अवस्था र विगतका चुनावमा भएका गतिविधिका आधारमा सुरक्षा संवेदनशीलताको सूची तयारी गरिएको हो ।

Advertisement
Advertisement

जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै विश्लेषण र मूल्याङ्कनका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको हो।

रुपन्देहीमा २०८ मतदानस्थलहरु कायम गरिएका छन् । तीमध्ये ६३ अतिसंवेदनशील, ६८ संवेदनशील र ७७ लाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ ।

सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मीको व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसको लागि विवरण सङ्कलन गर्ने कार्य भइरहेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए ।

रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता रहेका छन् । २०७४ सालको चुनावको तुलनामा करिब १ लाख मतदाता रुपन्देहीमा थपिएका छन् । रुपन्देहीमा राष्ट्रिय मान्यता प्राप्त ६ सहित ३८ दलले पालिकाको चुनावमा प्रतिस्पर्धा गर्ने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए ।

१६ पालिका रहेको रुपन्देहीमा अघिल्लो पालिकाको चुनावमा एमाले सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको थियो । अहिले भने एमालेलाई चुनौती दिन सत्तारुढ दलले गठबन्धन बनाएका छन् ।

गठबन्धनको बैठकले लुम्बिनी प्रदेश भित्रका १०९ पालिकामा गठबन्धन बाहेकका दलकाबीचमा चुनावी तालमेल गर्न नपाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धनलाई व्यवस्थित र मर्यादित बनाउँदै सफल बनाउने दायित्व आबद्ध सबै दलको रहेको बताए । प्रमुख विपक्षी दल एमालेले केहीदिन भित्रै उम्मेदवारको टुङ्गो लगाउने तयारी गरेको छ ।

Advertisement

वडा र पालिकास्तरबाट सिफारिस भएर आएका उम्मेदवार मध्येबाट टिकटको टुङ्गो लगाइने एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बताए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top