×

NEPAL TIMES UPDATES

Playing
World News: कतार–साउदी–युइएले चुकाउँदैछन् इजरेलको बदमासीको मूल्य || Nepal Times
Mar 19, 2026
Playing
इरानले भेद्यो अमेरिकी सुरक्षा कवच? रूबियोको घरनजिक ड्रोन,व्हाइट हाउसमा हलचल || Nepal Times
Mar 19, 2026
Playing
कांग्रेसको हार कि गगनको ? गगनले राजीनामामा के लेखे ? || Nepal Times
Mar 19, 2026
Playing
‘लियोले सबै शंका समाप्त गर्दिए’ || Nepal Times
Mar 19, 2026
Playing
Top 15 Afternoon News || March-19-2026 || Nepal Times
Mar 19, 2026
Playing
भ्रमण भिसाबाट जोखिमपूर्ण रोजगारी, कम्बोडियाबाट २० नेपालीको उद्धार|| Nepal Times
Mar 19, 2026
Playing
यु द्ध काबीच होर्मुज स्ट्रेट पार गर्दै भारत आइपुग्यो तेल बोकेको जहाज || Nepal Times
Mar 19, 2026
Playing
यु द्ध का लागि पेन्टागनले माग्यो २००अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह||NepalTimes
Mar 19, 2026
Playing
गगनको राजीनामाबारे के भन्छ देउवा समूह ? || Nepal Times
Mar 19, 2026
Playing
रविले आफ्ना सांसदहरुलाई सुरुमै राइट टु रिकल किन सम्झाए ? || Nepal Times
Mar 19, 2026

पशुपतिनाथमा तीन लाखले गरे दर्शन

१ बैशाख २०७९

काठमाडौं, १ वैशाख । नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । पशुपतिनाथमा तीजको जत्तिकै दर्शनार्थी आएकाले तीन लाखभन्दा बढीले मूल मन्दिर प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए ।

Advertisement

नयाँ वर्षका लागि कोषले पश्चिम मूल ढोकामा यस वर्षदेखि सजावटसहित नववर्षको शुभकामना ब्यानर टाँगेको थियो । बिहानैदेखि पशुपति क्षेत्रमा राष्ट्रदेवको दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो । बेलुकी ५ बजेसम्म करिब तीन लाख भक्तजनले पशुपतिमा आई दर्शन गरेको उनले बताए ।

बिहीबार बेलुकीसम्म दर्शन गर्न चाहने भक्तजनका लागि व्यवस्था गरिएको कोषले जनाएको छ । अहिले पनि पशुपतिनाथमा भइरहेको आरतीलगायत धार्मिक गतिविधिमा हजारौँ दर्शनार्थी लाम लागेका छन् । दर्शनार्थी व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, पहरा गणका प्रहरी पनि खटिएका थिए ।

पशुपतिनाथमा बिहीबार नयाँ वर्षका अवसरमा २८० जनाले रसिद काटेर विशेष पूजा गरेका छन् । पशुपतिनाथमा २२० र वासुकीनाथमा ६० जना भक्तजनले रसिद काटेर विशेष पूजा गर्नुभएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

काठमाडौंको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा पनि यस वर्ष मानिसको भीड लागेको छ ।

भर्खरको समाचार

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

सम्बन्धित खबरहरु

Scroll to Top