एक करोड १९ लाख मतपत्र छापिए

८ बैशाख ७९, शुक्रबार

काठमाडौं, ८ वैशाख । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्रमध्ये १ करोड १९ लाख छाप्ने कार्य सम्पन्न भएको जनाएको छ । आयोगले आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

Advertisement
‘वैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्रको छपाइ सकिएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी छ,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top