×

NEPAL TIMES UPDATES

Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026

गर्मीका कारण पृथ्वी रातो भइ नक्सा नै बदलियो,भटाभट मर्न थाले मानिस

३ श्रावण २०७९

३ साउन,काठमाण्डौ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एसिया, युरोप, उत्तर अफ्रिका र पश्चिम एसियामा चर्को गर्मीबारे विश्वलाई चेतावनी दिएको छ । यी सबै ठाउँमा तापक्रम ४० डिग्री नाघेको छ भने धेरै ठाउँमा गर्मीले रेकर्ड तोडेको छ । नासाद्वारा सार्वजनिक यो तस्विरले पूर्वी गोलार्धमा सतहको तापक्रम कस्तो छ भनेर देखाउँछ। यो तस्बिरमा यो नीलो धरती चर्को गर्मीका कारण रातो देखिन्छ । यो तस्विरमा उत्तरी भारत पनि कडा गर्मीको सामना गरिरहेको देखिन्छ। नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका स्टिभन पावसनले विभिन्न ठाउँमा चिसो हुँदा देखिने निलो रङ अहिले रातोमा परिणत भएको जुन अत्यधिक गर्मीको सङ्केत हो भन्ने स्पष्ट रूपमा देखिएको बताएका छन् । पृथ्वीको यो विशाल क्षेत्र चर्को गर्मीको चपेटामा छ ।

मौसममा यो खतरनाक परिवर्तन मानवबाट हुने हरितगृह ग्यासको उत्सर्जनका कारण भएको बैज्ञानिकहरुले तर्क छ । यसको प्रभाव हाम्रो जीवनयापनमा प्रष्ट पर्नेछ । पश्चिमी युरोप पनि गम्भीर खडेरीबाट गुज्रिरहेको छ । चरम गर्मीले पोर्चुगल, स्पेन र फ्रान्सका भागहरूमा भयङकर आगो फैलिएको छ। पोर्चुगलको तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ भने ३ हजार हेक्टर क्षेत्र जलेर खरानी भएको छ । आधा देश रेड अलर्टमा छ भने देशका १४ स्थानमा आगो लागेको छ । बेलायतमा पनि मौसम विभागले चर्को गर्मीलाई लिएर चेतावनी जारी गरेको छ, जुन अझै बढ्ने सम्भावना छ । बेलायतमा सबै कीर्तिमान तोड्न सक्ने भन्दै आपत्तकाल घोषणा गरिएकोछ । लन्डनमा अत्यधिक गर्मीका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित गरिएका छन् ।

रोयल एयर फोर्स (आरएएफ)ले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन बेसभित्र र बाहिर उडानहरू स्थगित गरेको छ । स्पेनमा केही समययता प्रचण्ड गर्मीसँगै तातो हावा चलेको छ । तातो हावाबाट मानिसहरुको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्पेनको मन्त्रालयका अनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ । यहाँको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ ।यसैबीच, उत्तर अफ्रिकाको ट्युनिसियाले कडा गर्मीको सामना गरिरहेको छ। आगलागीका कारण यहाँ धेरै बाली जलेको छ । राजधानी ट्युनिसमा तापक्रम ४८ डिग्री सेल्सियस पुगेको छ ।

यसले यहाँको ४० वर्षको कीर्तिमान तोडेको छ । इरानमा पनि जुलाई महिनामा गर्मी बढेको छ र यहाँ जुनमा ५२ डिग्री सेल्सियस पुगेको छ । चीनमा पनि गर्मी खडेरी परेको छ जसका कारण सडक पग्लिएको छ भने छानाका टाईल पनि खस्न थालेका छन् । सांघाईको तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । जुन १८७३ पछिको उच्चतम हो। उच्च आर्द्रता र रातभर तातो तापक्रमले धेरै खतरनाक अवस्था सिर्जना गरेको छ । युरोप र अफ्रिकाका अन्य देशपनि अहिले आगोसँग लडिरहेका छन्। यो उत्तरी अमेरिकामा पनि बढेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top