४ साउन ,एजेन्सी ।
विश्वभरका राहदानीको स्थिति सर्वेक्षण गर्ने एक संस्थाले नेपाली राहदानी भने निकै कमजोर देखाएको छ ।बेलायतको लन्डनस्थित हेन्ली कम्पनीले गरेको सर्वेक्षणले नेपालको राहदानी १०६औँ नम्बरमा देखाएको छ । उक्त संस्थाको अध्ययनले उत्तर कोरियाको भन्दा पनि नेपालको राहदानी कमजोर देखाएको हो ।उत्तर कोरियाको राहदानी नेपालको भन्दा एक स्थानमाथि देखाएको छ । यद्यपि, अघिल्लो वर्षमो तुलनामा नेपालको राहदानीको अवस्थमा सुधार भने देखिएको छ । अघिल्लो बर्ष नेपालको राहदानी १०९औँ नम्बरमा थियो । अहिले तीन स्थान उक्लेर १०६औँ स्थानमा परेको हो ।संसारको सबैभन्दा बलियो राहदानी भने जापानको रहेको छ । उक्त सर्वेक्षणअनुसार जापानको राहदानी एक नम्बरमा परेको हो । सिंगापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन् ।जापानी नागरिकहरूले पहिले नै भिसा नलगाई संसारका १ सय ९३ मुलुकहरूको भ्रमण गर्न पाउँछन् भने नेपालीले मात्र ३८ मुलुकको भ्रमण गर्न मिल्छ । खासमा संसारका कतिवटा देशले पहिला नै भिसा नलगाई अर्को देशमा जान पाउँछन भन्ने आधारमा सर्वेक्षण हुने गरेको छ ।