×

NEPAL TIMES UPDATES

Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026

प्रधानमन्त्री ओलीद्वारा ३ सय घनमिटर क्षमताको ग्यास प्लान्टको उद्घाटन,बिराटनगरका ३२ घरमा पुग्यो वायो ग्यास

५ भाद्र २०७५

विराटनगर,भदौ ५
गाईको गोवर प्रयोग गरी विराटनगर महानगरपालिका चौधमा एक सय बढी घरलाई पुग्ने गरी वायो ग्यास उत्पादन भएको छ । सामुदायिक स्तरको श्रीकृष्ण गौ सेवा सदनले २ सय बढी गाईको गोवरबाट उत्पादित ग्यासको प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमबीच उदघाटन गरेका छन् ।

उदघाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले विराटनगरबाट ग्यासका सिलिण्डर काँधमा बोकेर हिडनुपर्ने अवस्था अन्त्य भएको भन्दै मुलुक विकासको दिशातर्फ उन्मुख भएको बताए । ‘३२ घर परिवारले अब काँधमा सिलेन्डर बोकेर कुदनुपर्ने समस्या हटेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘छोटो समयभित्र यही प्लानबाट अरु ४८ घर–घरमा गोबर ग्यास पुग्दैछ ।’

सिलिन्डरको डल्ला चाहिदैन भन्दै विदाइ गरिनुपर्ने उनले बताए । उनले यतिमै मात्र यस्तो प्लान्ट सिमित नहुने भन्दै स्याङजा, तनहुँ, कास्की जिल्लामाहरुमा समेत प्लान्टको तयारी भइरहेको जानकारी दिए । प्रधानमन्त्री ओलीले फोहरलाई समस्यामा होइन सम्पतिमा बदलेर विभिन्न फाइदा लिनुपर्ने बताए । उनले राष्ट्रिय निमार्णको संकल्प बोकेर अगाडी बढनुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले उद्योगी व्यापारीहरुलाई चार कुरामा लगानी गर्न सुझाब दिएका छन । प्रधानमन्त्रीले उत्पादन, रोजगारी, आत्मनिर्भरता बढाउने कुरामा लगानी गर्न आग्रह गरे ।

बिश्व बैंकको सहयोगमा बैकल्पिक ऊर्जा केन्द र विराटनगर महानगरपालिकाको सहयोगमा करिब १ करोड ५० लाख रुपैया लगानीमा श्रीकृष्ण गौशालामा उक्त्त गोबर ग्यास प्लान्ट स्थापना गरिएको हो । पहिलो चरणमा ग्यास ३२ वटा घरमा जडान गरिएको छ । कार्यक्रममा उर्जामन्त्री बर्षमान पुनले प्रधानमन्त्री ओलीको जनताको घरघरमा ग्यास पु¥याउने सपना साकार भएको बताए ।

उद्घाटन कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि सहभागि थिए । करिब दुई हजार किलो गोवरबाट गत साउन २० गतेबाटै ग्यास उत्पादन सुरु भएको थियो । गौशालाभन्दा उत्तरतर्फ एक किलोमिटरसम्मको बस्तीमा रहेका ४८ घरमा दोस्रो चरणमा ग्यास पु¥याउने योजना छ । ग्यास उत्पादनका लागि गौशाला क्षेत्रमा करिब ३ सय घनमिटर क्षमताको प्लान्ट जडान गरिएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top