×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

इन्धनले जल्यो बंगलादेश ,सरकारसंग छैन् विकल्प

२२ श्रावण २०७९

२२ साउन ,एजेन्सी ।
बंगलादेशमा पेट्रोल र डिजेलको मूल्यमा भएको भारी वृद्धिपछि देशभर हिंसात्मक प्रदर्शन भएको छ । यो प्रर्दशनले आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाको स्मरण गराएको छ । केही महिना पहिला श्रीलंकामा पनि इन्धन अभाव र मूल्यबृद्धिका कारण हिंसात्मक प्रर्दशन भएको थियो । शुक्रबार सरकारले पेट्रोलको भाउ ५१.७ प्रतिशत तथा डिजेलको भाउ ४२.५ प्रतिशतले बढाएको थियो । त्यसैको विरोधमा मानिसहरुको सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

तेलको मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनको क्रममा धेरै सहरमा आगजनी र ढुङ्गा प्रहारका घटना भएका थिए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीलाई पनि बल प्रयोग गर्नुपरेको थियो । शनिबार तेलको मूल्यवृद्धिको निर्णय लागू हुनुभन्दा पहिला नै ठूलो संख्यामा मानिसहरु देशभरका पेट्रोल पम्पमा पुगेका थिए । यससँगै पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका थिए । त्यसपछि प्रदर्शनले उग्र रुप लिएको हो ।

प्रदर्शनकारीहरुले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै लाखौंको रोजीरोटीमा असर परेको बताएका छन् । बंगलादेशको ऊर्जा संकटको असर बिद्युत् आपूर्तिमा पनि परेको छ । अहिले बंगलादेशको केही क्षेत्रमा दैनिक १३ घण्टासम्मको विद्युत् कटौती भइरहेको छ । यसैबीच बंगलादेशको ऊर्जा मन्त्रालयले भने विश्वव्यापी अवस्थालाई मध्यनजर गर्दै तेलको मूल्यवृद्धि रोक्न नसकिने बताएको छ । मन्त्रालयले आफूहरुसँग कुनै विकल्प नभएको भन्दै मानिसहरुलाई धैर्यधारणको लागि आग्रह गरेको छ ।

बंगलादेश पेट्रोलियम कर्पोरेसनले जुलाईसम्मको ६ महिनामा आठ अर्ब रुपैयाँ घाटा बेहोरेको ऊर्जामन्त्री नसरुल हमिदले भनेका छन् । ‘नयाँ मूल्य सबैले धान्न सक्दैनन् । तर, हामीसँग अर्को उपाय थिएन । जनताले धैर्य गर्नुपर्छ’, उनले भनेका छन् । विश्व बजारमा कच्चा तेलको मूल्य घटेमा देशमा तेलको मूल्य परिवर्तन हुने उनको भनाइ छ ।

यसै क्रममा प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले यसलाई जनताको घाउमा नुन छर्केको बताएका छन् । उनले मूल्यवृद्धिले बंगलादेशको अर्थतन्त्रमा निकै नराम्रो असर पर्ने बताए । लगातार नौ महिनामा ६ प्रतिशतमा रहेको बंगलादेशको मुद्रास्फीति जुलाईमा बढेर ७.४८ प्रतिशत पुगेको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top