१० भदौ , काठमाण्डौ ।
यस साता शेयर बजार परिसूचक नेप्से ४५.६४ अंकले घटेको छ । भदौ ५ गते आइतबारदेखि भदौ १० शुक्रबारसम्मको ६ दिनको अवधिमा नेप्से ४५।६४ अंकले घटेको हो ।साता साताको अन्त्यमा २०६८।२६ को बिन्दुमा रहेको नेप्से सूचक यस साताको अन्त्यसम्म आईपुग्दा ४५.६४ अंकले घटेर २०२२.६२ को बिन्दुमा पुगेर रोकिएको छ ।
यस साता कुल ६ दिन शेयर कारोबार भएकोमा २ दिन बजार हरियो रहेर बन्द भयो भने बाँकि दिन बजार रातो भएर बन्द भयो ।आइतबार नेप्से सूचक ७।७२ अंकले घटेको थियो भने सोमबार सूचक ७।४१ अंकले घट्यो । मंगलबार सूचक १।८५ अंकले बढ्यो भने बुधबार २।८६ अंकले बढ्यो । त्यस्तै बिहिबार सूचक १८।३० अंकले घट्यो भने आज शुक्रबार सूचक १६।९३ अंकले घट्यो ।
यस साता भर कुल ९ अर्ब ६४ करोड ५४ लाख ३० हजारको कारोबार भएको छ । आइतबार २ अर्ब ४ करोड, सोमबार १ अर्ब ७२ करोड, मंगलबार १ अर्ब ३३ करोड, बुधबार १ अर्ब ५२ करोड, बिहिबार १ अर्ब ७२ करोड र शुक्रबार १ अर्ब २९ करोडको कारोबार भएको छ ।
यस साता नेप्सेमा हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआईडिसीएल० को ९७ लाख कित्ता बढी संस्थापक शेयर सुचिकृत भएको छ । कम्पनीले लिलाममा ल्याएको ९७ लाख ९५ हजार ५ सय ५ कित्ता संस्थापक शेयर सुचिकृत भएको हो ।
यस साता एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेका छन् । एनआईबिएल सहभागिता फण्डले कर सहित ७।२०५ र एनआईबिआले प्रगति फण्डले कर सहित ४।२० ५ प्रतिशत लाभांश घोषणा गरेको हो ।