×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

रवीन्द्र मिश्रलाई ओलीले दिए एक मुठ्ठी सिक्का उपहार

१३ भाद्र २०७९

१३ भदौ, काठमाण्डौ ।
विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिए पनि रवीन्द्र मिश्र पार्टीको आन्तरिक राजनीतिमा उत्तिकै सक्रिय छन् । आफ्नै समूहकी समिक्षा बास्कोटालाई पार्टी अध्यक्ष बनाएर मिश्रले आफ्नो सक्रियता र प्रभाव कति छ भन्ने देखाएका छन् । यस्तै यो बीचमा उनले चाहे संचारमाध्यम, सामाजिक संजालमा आफ्ना धारणाहरु सार्वजनिक गरेर होस् वा अन्य दल र नेताहरुसंग भेटघाटलाई निरन्तरता दिएर उनले नेपाली राजनीतिमा आफ्नो सक्रियता बढाउने प्रयास जारी राखेका छन् ।

यसैबीच आइतबार साँझ मिश्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन् । अध्यक्ष ओली निवासमा ओलीसँग अढाई घन्टा भेट भएको मिश्रले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी गराएका छन् । आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हस्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, ओलीको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटिलता तथा अन्य कयौं विषयमा छलफल भएको मिश्रले बताएका छन् ।

त्यस्तै, आगामी आम निर्वाचनमा काठमाडौं–१ मा सहकार्यबारे छलफल भएको थियो । मिश्रले आगामी निर्वाचनको विषयमा पनि कुराकानी भएको र आफूहरुले सहयोगको अपेक्षा गरेको पनि बताएका छन् । ओलीले आफूलाई चेस खेलेर आएको मान्छे भन्दै बास्केटबलको मैदानमा घम्साघम्सी हुने भन्दै नआत्तिन भनेको मिश्रले उल्लेख गरेका छन् ।

भेटका क्रममा राजसंस्थाको आवश्यकता लगायतका विषयमा छलफल भएको पनि मिश्रले बताएका छन् । यस्तै ओलीले चुक्सा नक्सासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैंयाको एक मुठ्ठी सिक्का उपहार दिएको मिश्रले उल्लेख गरेका छन् । ओलीसँगको खिचाएको तस्वीर र चुच्चे नक्सा अंकित सिक्काको तस्वीर सामाजिक सन्जाल फेसबुकमा मिश्रले पोष्ट गरेका छन् ।

सत्तारुढ पाँच दलले गठबन्धन गरेर चुनावमा होमिने तय गरेपछि एमालेले समेत वाम गठबन्धनको आह्वान गरेको अवस्थामा रविन्द्र मिश्रको ओलीसँगको भेटलाई राजनीतिक गठबन्धनका रुपमा समेत हेरिएको छ । एमालेले राप्रपा तथा राप्रपा नेपालसँग केही क्षेत्रमा तालमेलको सुक्ष्म रणनीति बनाइरहेको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top