×

NEPAL TIMES UPDATES

Playing
भारत बन्यो T-20 Worldcup सबैभन्दा धेरै पटक जित्ने टोली || Nepal Times
Mar 09, 2026
Playing
रास्वपाको प्रत्यक्षमा १२५, समानुपातिकमा ६० ? अन्तिम गणना जारी || Nepal Times
Mar 09, 2026
Playing
Election update समानुपातिकमा ७५ प्रतिशत मत गन्दा कसको सिट कति ? || Nepal Times
Mar 09, 2026
Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026
Playing
के अब प्रत्यक्ष कार्यकारी तर्फ जादैछ मुलुक ? दुई तिहाइ पाए के हुन्छ ? || Nepal Times
Mar 08, 2026
Playing
Iranले Chinaबाट मगायो ९ लाख ’स्पेशल हति*यार’, Trumpलाई कतारको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
अमरेशले जित्दा मधेसवादी ठूला नेता किन हार्न पुगे ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा एकल सरकार निर्माणको बाटोमा, दुई तिहाईतर्फ लम्कियो || Nepal Times
Mar 08, 2026
Playing
World News: Iranले उडायो Israel र अमेरिकी अड्डा, धुलो पार्ने Trumpको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
यसरी बन्दै छन् बालेन्द्र प्रधानमन्त्री || Nepal Times
Mar 08, 2026
Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026

रूस, चीनको संयुक्त सैन्य अभ्यासमा गोर्खा सैनिक

१६ भाद्र २०७९

१६ भदौ ,एजेन्सी ।
भारतमा ६ दशकदेखि हुदै आएको गोर्खा सैन्य भर्ती अन्योलमा परेका बेला भारतमा रहेका गोर्खा सैनिकहरु चीन तथा रुससँगको संयुक्त सैन्य अभ्यासमा सहभागि हुने भएका छन् । भारतले पछिल्लो समय सेना भर्नामा ल्याएको अग्निपथ योजनाको अग्नि वीरमा असहमति जनाउदै नेपालले यहाँ संचालनमा ल्याएको गोर्खा भर्तीकेन्द्र बन्द गर्न आग्रह गरेपछि अन्योलता बढिरहेका बेला भारतले चीन र रुससँगको त्रिदेशीय युद्ध अभ्यासमा गोर्खा सैनिकलाई पनि उतार्ने योजना बनाएको खुलेको छ ।

ताइवान प्रकरण तथा युक्रेन युद्धलाई जोडेर अमेरिकालाई सन्देश दिने गरी रूस र चीनको अगुवाईमा हुने अभ्यासमा गोर्खा सैनिक पनि सहभागी हुने भएका हुन् । युक्रेनमा आफ्नो आक्रमणलाई लिएर अमेरिका र यसका सहयोगीहरूले आफूलाई एक्लो पार्न गरेको प्रयासविरूद्ध रूसले चीन र भारतसँग बिहीबारदेखि ठूलो सैन्य अभ्यास गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त सैन्य अभ्यासमा भारतीय सेनामा कार्यरत गोर्खा सैनिक सहभागी हुने अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गले जनाएको छ । अमेरिकाले भारतलाई रक्षा साझेदार बनाउन खोजेको छ र युक्रेनको युद्धमा रूसमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरूलाई कमजोर नगर्न आग्रह गर्दै आएको छ । यस्तोमा नयाँ दिल्लीले अभ्यासका लागि गोर्खा सैनिकसहित ७५ सदस्यीय टोली पठाएको ब्लुमबर्गले टिप्पणी गरेको छ । जसमा भारतीय नौसेना र वायु सेनाका अधिकारीहरुको पनि सहभागिता रहनेछ ।

रूसमा सञ्चालन हुने साताव्यापी ‘भोस्तोक–२०२२’ युद्ध खेलमा १४० भन्दा बढी विमान र ६० वटा युद्धपोतसहित ५० हजारभन्दा बढी सेना सहभागी हुनेछन् । उक्त अभ्यासमा नौसैनिक अभ्यास ‘सी अफ जापान’मा आयोजना गरिनुका साथै पाँच हजार थान सैन्य उपकरण प्रयोग हुने रूसी सेनाले जनाएको छ ।

नियमित अभ्यास भनिएको उक्त कार्यक्रममा संघाई कोअपरेसन अर्गनाइजेसन र पूर्वसोभियत गणराज्यहरुको संगठन कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसनले संगठनका सदस्य राष्ट्रहरू र साझेदारहरूलाई एकसाथ ल्याउन लागेको हो । यसअघि, अभ्यासमा सहभागी भइसकेको भारतले रूस–युक्रेन युद्धमा रूसको पक्ष लिनबाट जोगिँदै आएको छ । त्यसो त रूस भारतको मुख्य हतियार आपूर्तिकर्ता पनि हो ।

यता, बेइजिङस्थित रक्षा मन्त्रालयले सैन्य समन्वयलाई सुदृढ पार्ने उद्देश्यका साथ अभ्यासमा चीनको सेना, वायु र जलसेनाले भाग लिएको जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टी समर्थित ग्लोबल टाइम्सले यस वर्षको अभ्यास विशेष गरी प्रशान्त क्षेत्रमा अमेरिकाबाट हुने सम्भावित खतराहरूमा केन्द्रित हुने बताइएको छ । यसअघि जापानको विरोधका कारण भारतले यो अभ्यासमा सहभागि हुन अस्वीकार गरेको खबर बाहिरिएको थियो ।

 युक्रेनपछि चर्किएको ताइवान विवादपछि विश्वका शक्ति राष्ट्रहरु एकले अर्का पक्षलाई सैन्य शक्ति देखाउन शक्ति पर्दशन गर्दै आएका छन् । ताइवान विवादपछि चीनले लगातार एक हप्ता लाइभ युद्ध अभ्यास गरेर शक्ति प्रर्दशन गरेको छ भने ताइवान दक्षिण कोरिया भारत तथा रुसले पनि एक पक्षीय तथा संयुक्त सैन्य अभ्यास हरु गर्दै आएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top