×

NEPAL TIMES UPDATES

Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026

नक्कली ट्वीटर अकाउन्ट बन्द गर्ने मस्कको घोषणा

२१ कार्तिक २०७९

२१ कात्तिक, एजेन्सी ।
ट्वीटरका सीईओ इलोन मस्कले अरुको नाममा बनाइएका कुनै पनि नक्कली ह्यान्डलहरू ‘स्थायी रूपमा सस्पेन्ड’ गरिने बताएका छन् । स्पष्ट रूपमा ‘प्यारोडी’ भनेर निर्दिष्ट नगरी अरुको नाममा बनाइएका कुनै पनि नक्कली ह्यान्डलहरू हटाइने उनले बताए ।

‘पहिले हामीले सस्पेन्सन हुनुअघि चेतावनी दिन्थ्यौँ, तर अब हामीले व्यापक प्रमाणीकरण ल्याएसँगै, कुनै चेतावनी दिइनेछैन,’ उनले आइतवार ट्वीटमा भनेका छन् । कुनै पनि तवरमा नाम परिवर्तन गरे प्रयोगकर्ताले ‘भेरिफाइड चेकमार्क’ अस्थायी रूपमा गुमाउने समेत उनले बताए ।

आइतवार साँझ आफ्नो नाम इलोन मस्कको नाममा परिवर्तन गर्ने धेरै अकाउन्टहरूलाई ट्वीटरले सस्पेन्ड गरेको छ । जसमा अमेरिकी हास्य कलाकार क्याथी ग्रिफिन र अस्ट्रेलियाको व्यंग्यात्मक वेबसाइट द चेजरलगायत रहेका छन् । मस्क यसअघि ट्वीटरमा गरिने स्थायी प्रतिबन्धको विरोधमा थिए ।

हालका प्रतिबन्धको रक्षा गर्दै मस्कले आफू अझै पनि वाक स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । ७.९९ डलरको मासिक शुल्कसहित ‘ब्लू–टिक’को योजनाबद्ध रोलआउटको बारेमा आएका अनिश्चितताका बिचमा यस्ता नीति आएको हो । यो नयाँ सुविधा ‘ट्वीटर ब्लू’को फिचर हो ।

तर, प्रयोगकर्ताहरूले प्रमाणिकरण किनेर राजनीतिक व्यक्तित्वको रुपमा चुनावी भ्रम छर्न सक्ने चिन्ताका बिच ‘ट्वीटर ब्लू’को नयाँ सुविधा अमेरिकी मध्यावधि चुनावपछि सम्मको लागि सारिएको न्यूयोर्क टाइम्सको रिपोर्टमा उल्लेख छ ।

ट्विटरका ७ हजार ५०० कर्मचारीमध्ये आधाको कटौती गरिएको रिपोर्टले उत्पन्न संकटका बिचमा ट्वीटरमा ईन्जिनियरिङ टोलीहरूले तीव्र गतिमा नयाँ सुविधाका फिचरहरुमा काम गरिरहेका छन् ।

कामबाट हटाइएका दर्जनौँ कर्मचारीलाई फिर्ता बोलाइएको आइतवार राति आएका रिपोर्टहरूमा उल्लेख गरिएको थियो । उनीहरूलाई या त गल्तीले हटाइएको या मस्कले चाहेका नयाँ सुविधाहरू निर्माण गर्नको लागि महत्त्वपूर्ण रहेको कम्पनीले महसुस गरेको हुनसक्ने बताइएको छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top