सेलिब्रिटीको उडन्ते कुरालाई महत्व नदिन बाबुरामको सुझाव

सेलिब्रिटीको उडन्ते कुरालाई महत्व नदिन बाबुरामको सुझाव

२६ कात्तिक,काठमाडौं

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले अभिनेत्री मनिषा कोइरालाले भन्दैमा संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएका छन्।शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले अभिनेत्री कोइरालातर्फ लक्षित गर्दै जतिसुकै ठूलो सेलिब्रेटीको मुखारविन्दबाट निस्के पनि संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने जिकिर गरेका हुन्।

‘बगेको खोलो फर्कदैन। ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्तत स् फेरि खुलेर अगाडि बढ्छ। प्रकृति र समाज विकासको शाश्वत नियम यहीँ हो। अतः जतिसुकै ठूलो सेलिब्रेटीको मुखारविन्दबाट निस्के पनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिँदैन। यस्ता उडन्ते कुरालाई महत्व नदिऊँ। समय र शक्ति बरबाद नगरौं’, पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले भनेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभिनेत्री कोइरालाले राप्रपालाई भोट मागेकी थिइन्।उनले राजसंस्था र बहुदलीय व्यवस्थाले मुलुकलाई सुदृढ गर्छ भनेर बीपीले देखाएको राष्ट्रिय मेलमिलापको बाटो नै राजेन्द्र लिङ्देनले अहिले उठाएको विषयबाट आफू प्रभावित भएको बताएकी थिइन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.