×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

सुन प्रतितोला २ लाख पुग्न सक्ने !!

६ माघ, काठमाण्डौ ।

गत पुसको पहिलो साता सिंगापुरका केही विश्लेषकहरूले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस चार हजार डलरसम्म पुग्ने अनुमान गरे। अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौ सय ३० डलरमा कारोबार भइरहेको छ। नेपालमा प्रतितोला एक लाख पाँच हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

सिंगापुरमा मुख्यालय रहेको स्विस एसिया क्यापिटलका प्रबन्ध निर्देशक तथा चिफ इन्भेस्टमेन्ट अफिसर यर्ग काइनरले सन् २०२३ मा सुनको मूल्य प्रतिऔंस दुई हजार पाँच सयदेखि चार हजार डलरसम्म पुग्ने प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनबिसीले उल्लेख गरेको छ।

सुनको तौल प्रतिऔंस बराबर ३१.१ ग्राम हुन्छ। सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔंस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ। त्यस्तै प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ।अहिले डलरको बिनिमयदर एक सय ३० रूपैयाँ छ।

काइनरको प्रक्षेपण अनुसार प्रतिऔंस सुनको मूल्य साँच्चिकै चार हजार डलरसम्म पुगेमा नेपालमा प्रतिऔंस सुनको करिब पाँच लाख २० हजार रूपैयाँ पर्न आउँछ। यस आधारमा प्रतिग्राम सुनको नेपालमा १६ हजार सात सय २० रूपैयाँ पर्नेछ भने एक तोला सुन ९११.६६४ ग्राम को एक लाख ९५ हजार रूपैयाँ पर्नेछ।

त्यस्तै हाल सुन आयात गर्दा प्रति दस ग्राम आठ हजार पाँच सय रूपैयाँ भन्सार कर लाग्ने गरेको छ।अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ। नेपाली बजारको मागले मूल्यमा खासै भूमिका खेल्दैन।

नेपालमा रहेका सुनचाँदी व्यवसायी महासंघहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन्।काइनर सन् २०२३ मा १०/२० प्रतिशतको मात्रै वृद्धि नहुने दाबी गर्छन्।

काइनरले दाबी गरेजस्तो सुनको मूल्य प्रतिऔंस ४ हजार डलर नै पुग्ने दाबी स्वीकार गर्न नसकिए पनि धेरैले सुनको मूल्यमा राम्रै वृद्धि देखिने विश्वास भने गरेका छन्।भारतीय सञ्चारमाध्यम बिजनेस टुडेले विज्ञहरूका अनुसार भन्दै त्यहाँ प्रति दस ग्राम सुनको मूल्य ६२ हजार भारूसम्म पुग्ने समाचारमा उल्लेख गरेको छ।

यही दरसम्म पुग्ने हो भने पनि नेपालमा प्रतितोला सुनको मूल्य कम्तीमा एक लाख १६ हजारको आसपासमा भने आउनेछ। सन् २०२३ मा विश्वभर आर्थिक मन्दी आउनसक्ने सम्भावना बढेकाले तुलनात्मक रूपमा सुरक्षित र सर्वस्वीकार्य सम्पत्तिका रूपमा मानिने सुनको मूल्य बढ्ने अनुमान गरिएको हो।

विश्वभरका केन्द्रीय बैंकहरूले नै सुनको खरिददारी बढाइरहेकाले पनि सन् २०२२ मै सूनको मूल्य उच्च दरमा वृद्धि भएको मानिएको छ। सन् २०२२ मार्चमा प्रतिऔंस सुनको मूल्य दुई हजार ७५ डलरसम्म पुगेको थियो।भारतको आइसिआइसिआई डाक्रेक्टको रिपोर्टले सन् २०२३ मा पनि केन्द्रीय बैंकहरूबाट सुनको खरिददारी उच्च हुनसक्ने अनुमान गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विश्वभरका केन्द्रीय बैंकहरूले सन् १९६७ यताकै उच्च दरमा सुनमा लगानी बढाएका छन्। द वर्ल्ड काउन्सिलका अनुसार अघिल्लो वर्ष सन् २०२२ को जनवरीदेखि नोभेम्बरसम्ममा मात्रै विश्वभरका केन्द्रीय बैंकहरूले ६ सय ७३ टन सुन खरिद गरेका छन्। चीन र रसियाले सुनको खरिददारी उच्च दरमा बढाएको आशंका गरिएको छ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top