×

NEPAL TIMES UPDATES

Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026

खर्च कटौती गर्ने अभियानमा जुटे प्रधानमन्त्री

९ माघ २०७९

९ माघ, काठमाण्डौ ।
प्रदेशगत संरचनाका कारण राज्यमाथि अधिक व्यहभार थपिरहेको जनगुनासोसँगै प्रदेश सरकारका मन्त्रालयगत संरचनाको औचित्यमाथि नै प्रश्न उठिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको बताएका छन् ।

सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका हुन् । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले भने, ‘प्रदेशहरू आफैँमा स्वायत्त तह हुन् ।

उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ । त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, हामीले गर्दैनौँ पनि । तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौँ । तर, यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी छ’ उनको भनाई थियो ।

सत्ता साझेदार दलको बैठकमा आफूले प्रदेशलाई चुस्त बनाउने र वित्तीय सुशासन कायम गर्ने प्रस्ताव गरेको उनले बताए । त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत सबै नेताहरू सहमत रहेको उनको भनाइ छ । ’हामीले प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने निर्णय गरेका छौँ।

सोहीअनुसार केही प्रदेशहरूले मन्त्रालयको संख्या घटाइसकेका छन्,’ उनले भने, ’यसले वित्तीय अनुशासन र सुशासन कायम गर्नेछ, प्रदेशप्रति जनमानसमा देखिएका गुनासोहरू सम्बोधन हुनेछन्।’ प्रधानमन्त्रीले प्रदेशहरूले नीतिगत र स्थानीय साधनस्रोतको अधिकतम परिचालनमा प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले आफू छिटै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने बताए । अहिले संघीय सरकारमा सहभागिता जनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशगत संरचनामाथि असन्तुष्टि जनाउँदै प्रदेश निर्वाचनसमेत बहिष्कार गरेको छ । उसले प्रदेश सरकारका संरचना पुर्नसंरचना गर्नुपर्ने माग राख्दै आएको छ ।

यस्तै अर्काे सत्तारुढ दल राप्रपाले पनि प्रदेश संरचनामाथि प्रश्न उठाउदै आएको छ । एमालेकै केही शीर्ष नेताहरुले समेत प्रदेश संरचनाका विषयमा प्रश्न उठाउदै आएका छन् । जनस्तरबाट समेत प्रदेश संरचनालाई जोडेर नेता ब्यवस्थापनको केन्द्रको रुपमा टिप्पणी हुँदै आएको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top