×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

नेपाली सेनाले आफ्ना लागि आफै बुट उत्पादन गर्ने

२० माघ २०७९

२० माघ, काठमाण्डौ ।
नेपाली सेनाले अब आफूलाई आवश्यक पर्ने बुट आफै उत्पादन गर्ने भएको छ । सेनाले आफ्ना कर्मचारीका लागि आफैँ जुत्ता उत्पादन गर्ने भन्दै कम्पनी दर्ता गरेर जुत्ता कारखाना सञ्चालनमा ल्याएको छ । काठमाडौैंको सुन्दरीजलमा स्थापना गरिएको मसिनरी प्लान्टले वार्षिक साढे ८७ हजार जोर बुट एतपादन गर्ने लक्ष्य लिएको छ ।

कम्पनीको नाम नेपाली सेना बहुव्यवसाय उद्योग राखिएको र सेनाको कल्याणकारी बोर्डबाट ऋण लिएर उद्योग स्थापना गरिएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताएका छन् । नेपाली सेनाको पहिरन तथा बन्दोबस्तीका सामग्रीहरू उत्पादन क्षमता अभिवृद्धि गर्ने लक्ष्यअनुरूप जुत्ता कारखाना स्थापना गरिएको बताउदै प्रवक्ता भण्डारीले ‘नाफा वितरण नगर्ने उद्देश्यले उद्योग स्थापना भएको बताएका छन् ।

उनले यसले उत्पादन गरेका जुत्ता बजारमा बिक्री नहुने र आन्तरिक खपतका लागि मात्रै प्रयोग हुने बताएका छन् । सेनाको जुत्ता कारखाना स्वाट कम्पनीको ट्रेडमार्क रहेको ‘ओरिजिनल फुटवेयर कम्पनी’सँगको प्राविधिक सहकार्यमा स्थापना गरिएको छ । उक्त कम्पनीसँग प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर नै गरेर सेनाले कारखाना स्थापना गरेको हो ।

सेनाले कारखानामा करारमा कर्मचारी नियुक्त गरेको छ । सो कम्पनी सञ्चालनका लागि सेनाले उद्योग विभागबाट समेत अनुमति लिएको छ । सेनाले यसअघि विदेशी कम्पनीले उत्पादन गरेका सैनिक बुट टेन्डरमार्फत खरिद गर्दै आएको थियो । उद्योग स्थापना भएपछि जुत्ता खरिदको ठूलो रकम बचत हुने, सैनिकले गुणस्तरीय जुत्ता लगाउन पाउने र रोजगारीसमेत सिर्जना हुने सैनिक अधिकारीले बताएका छन् ।

सैनिकका लागि बुट खरिदमा वार्षिक करिब १० करोड रुपैयाँ खर्च हुँदै आएको छ । जुत्ताका लागि आवश्यक कच्चा पदार्थ भने सेनाले विदेशबाट नै ल्याउनुपर्ने अवस्था छ । कच्चा पदार्थ आयात गर्दा पनि जुत्ता खरिदभन्दा आफैँ उत्पादन गर्दा धेरै सस्तो पर्ने सेनाको आकलन छ ।

बुट मात्र नभई उद्योगमा सेनालाई आवश्यक अन्य जुत्ताहरू पनि उत्पादन गर्ने सेनाको तयारी छ । नेपाली सेना विगतमा कतिपय ठेक्का र व्यापारिक गतिविधिका कारण विवादमा पर्दै आएको छ । सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले पेट्रोल पम्प, विद्यालय तथा कलेज संचालन गर्दै आएका छन् ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top