×

NEPAL TIMES UPDATES

Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026

साफ च्याम्पियनसिप आजदेखि सुरु, नेपालले पाकिस्तानसँग खेल्दै

१९ भाद्र २०७५

काठमाडौँ, भदौ १९
साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण आजदेखि बङ्गलादेशको ढाकामा शुरु हुँदैछ ।

नेपालले दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को उपाधि जितेको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पाकिस्तानविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै टोली अहिलेसम्म साफमा उपाधिविहीन छन् ।

Advertisement

साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालले हालसम्म खेलेका छ खेलमध्ये दुईमा जित, तीनमा बराबरी र एकमा पराजय भएको थियो । उक्त प्रतियोगितामा नेपाल र पाकिस्तानबीच सन् १९९३ जुलाई १६ मा पाकिस्तानमा भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । सन् १९९५ मार्च २९ मा श्रीलङ्कामा भएको दोस्रो संस्करणमा नेपाल २–० गोलले विजयी भएको थियो ।

सन् १९९७ सेप्टेम्बर ४ मा काठमाडौँमा भएको तेस्रो साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग २–० गोलको पराजित भएको थियो । सन् २००८ जुन ७ मा श्रीलङ्का र माल्दिभ्सले संयुक्तरुपमा आयोजना गरेका सातौँ संस्करमामा नेपाल ४–१ गोलले विजयी भयो । सन् २०११ डिसेम्बर ६ मा भारतमा भएको आठौँ संस्करणमा नेपाल र पाकिस्तान १–१ गोलको बराबरीमा रोकिएको थियो भने सन् २०१३ सेप्टेम्बर ३ मा नेपालमा भएको नवौँ संस्कारणमा १–१ गोलले बराबरी भएको थियो ।

साफ च्याम्पियनसिपमा नेपालले हालसम्म खेलका २८ खेलमध्ये आठमा जित, १६ मा हार, चारमा बराबरीको नजिता निकालेको थियो । साफको २५ वर्षे इतिहासमा छ पटकको प्रतिस्पर्धामा पाकिस्तानसँग एक पटकमात्र पराजय भएको नेपालले आज जित्न सके आगामी चरणको यात्राका लागि सहज हुनेछ । यसअघि भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

अहिलेसम्मका नतिजाले पाकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न सहज देखिँदैन । हालै इन्डोनेसियामा सम्पन्न १८ औँ एशियाली खेलमा नेपालाई पराजित गरेको पकिस्तान सोही नतिजा दोहो¥याउने मनसायमा छ भने नेपाल त्यसको बदला लिने सोचका साथ आज मैदान उत्रने भएको छ ।

आज शुरु भई यही भदौ ३० गतेसम्म हुने प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल यही भदौ २१ गते भुटानसँग र समूह चरणको अन्तिम खेल बङ्गलादेशसँग २३ भदौमा खेल्नेछ ।प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा छन् । त्यस्तै भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् । च्याम्पियनसिपको समूहको शीर्ष दुई टोलीले अन्तिम चार (सेमिफाइनल)मा स्थान बनाउनेछन् ।

Advertisement

नेपाली टोलीमा गोलकिपर किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने, डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल, मिडफिल्डमा हेमन्त थापामगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र नीराजन खड्का तथा फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् ।
रासस

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top