×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

शरणार्थी प्रकरणमा ठूला माछा/ पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

२७ बैशाख २०८०

२७ वैशाख, काठमाण्डौ ।
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट करोडौं रकम संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनलाई प्रहरी परिसर टेकु लगिएको छ । आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ११ जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए ।

Advertisement

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् । दुई दिनअघि खाँणलाई बोलाएको बेला हाजिर हुने शर्तमा प्रारम्भिक बयान लिएर कागज गरी छाडिएको थियो । यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । उनलाई चाबहिलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर केसीले बताएका छन् ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । उनी गत बुधवारदेखि सम्पर्कविहीन छन्। नेपाल प्रहरीको विभिन्न युनिटले उनलाई खोजिरहेको छ । उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् । नक्कली शरणार्थी प्रकरणमा हाई प्रोफाइल व्यक्तिको नाम आएसँगै यो विषय जटिल बनेको हो ।

सामाजिक सञ्जालबाट सार्वजनिक भएका अडियोहरुका अनुसार सांसद तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणा देउवा र पूर्व गृह मन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको पनि यस प्रकरणमा नाम जोडिएको छ ।

नक्कली शरणार्थी बनाउने गिरोहले काम फत्ते नगर्दै केपी ओली सरकार ढल्यो र रामबहादुर थापा बादल सर्वाेच्चको आदेशबमोजिम मन्त्रीबाट पदमुक्त भएपछि गृहमन्त्री बनेका बालकृष्ण खाँण गृहमा आएपछि महेश्वर न्यौपानेको ठाउँमा गृहसचिव भएर टेकनारायण पाण्डे आएका थिए ।

गृहमा उजुरीसमेत परेको र केही व्यक्ति भेट्न गएपछि पाण्डेले यो प्रकरणबारे बुझ्न थालेको र आफूहरुले सबै जानकारी दिएर यो प्रकरणमा सघाउन आग्रह गरेको बयानमा उनीहरुले भनेका छन् । ठगी गिरोहका नाइकेहरु कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा नेताहरुले पैसा लिएर पनि काम नगरेको बताएका थिए ।

उनीहरुले आफूहरु फसिसकेको भन्दै यो काम भएमा थप पैसा खर्च गर्ने बताएका थिए । प्रहरी स्रोतका अनुसार गृह सचिव पाण्डेले नै गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेर यो गिरोहको काम फत्ते गर्न अनुमति लिएर रकम बुझ्न थालेका थिए । गृह सचिव पाण्डेले नै गृहमन्त्री खाँणसँगको सल्लाहमा भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र जारी गरेका थिए ।

Advertisement

प्रहरीले अहिलेसम्म संकलन गरेका तथ्यका आधारमा गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले ती परिपत्र गरेका थिए । त्यही प्रयोजनका लागि विभिन्न किस्तामा पाण्डेले ५० लाख रुपैयाँ बुझेको पाइएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउने बताउदै आएका छन् भने प्रधानमन्त्रीले आफ्नो लडाइँ अब भ्रष्टाचारसँग रहेको बताएका छन् । यी अभियुक्तविरुद्ध जेठ १२ भित्र अदालतमा मुद्दा दायर गर्नुपर्नेछ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top